रुपन्देहीको राेहिणीमा गोली चल्यो , कुर्मीको मृत्यु

प्रकाशित मिति:

सबलपोस्ट /बुटवल – रुपन्देहीको रोहिणी गाउँपालिका-३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसतिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए ।

गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् । उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयको बताएका छन् ।