प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्वोधन स्थगित, भोलि देशवासीका नाममा सम्वोधन गर्ने

प्रकाशित मिति:

काठमाडौं– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । विहीवार(आज) दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको  जानकारी दिए ।

‘प्रधानमन्त्रीले आज संसदमा गर्ने सम्बोधन स्थगित भएको छ’ अधिकारीले भने,‘भोलि(शुक्रवार) प्रधानमन्त्रीले देशवासीको नाममा संवोधन गर्नुहुनेछ ।’ गत वैशाख १६ बाट शुरु भएको संसदको चौथो अधिवेशन आज सकिँदैछ ।