महराको म्याद थपबारेको बहस सकियो

प्रकाशित मिति:

काठमाडौं – बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि हिरासतमा राख्ने कि नराख्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा जारी बहस सकिएको छ । अबको केही बेरमा यसबारेको निर्णय सार्वजनिक हुनेछ ।महराका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासमा बहस भएको थियो । उनीमाथिको थप अनुसन्धानका लागि म्याद थप सम्बन्धी निर्णय हुने सम्भावना रहेको छ । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको जाहेरी परेपछि महरालाई असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो । दशैं बिदापछि आजबाट अदालत खुलेसँगै महरालाई अदालतमा पेश गरिएको हो ।