गरिबी निवारण सबै सदस्य राष्ट्रको प्राथमिकतामा पर्नु पर्छ : प्रधानमन्त्रि ओली

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक रुपले कमजोर रहेका जनताको स्तर उठाउन मूल लक्ष्यमा उपलब्धी हासिल गर्न सकेमा बिमिस्टेकले सफलता पाउने बताएका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन उद्घाटन गर्दै ओलीले गरिबी निवारणलाई सबै सदस्य राष्ट्रले प्राथमिकतामा राख्नु पर्ने बताएका हुन्।

ओलीले बिमस्टेकले तोकेका प्राथमिकताका क्षेत्रका लक्ष्यहरु पुरा गर्न सबै राष्ट्रबीच आपसी संबन्धलाई सहयोगी र सघन बनाउदै लैजानुपर्ने औल्याए। गरिबीको खाडलमा रहेका जनताको उत्थान हुने गरी आर्थिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

उनले युवामाथिको लगानीलाई बढाएर क्षेत्रीय समृद्धिको उदेश्य हासिल हुने बताए। ‘युवा हाम्रा भविश्य हुन्,’ उनले भने, उनीहरुमाथिको उचित लगानी र योजनाले भविश्य सुनिश्चित हुनेछ।’ सूचना प्रविधिको क्षेत्रमा उपलब्ध नयाँ प्रविधिका लाभ ग्रहण गर्न त्यसमाथि लगानी बढाउनुपर्नै उनले औल्याए।