जापानका सम्राटको राज्याभिषेक आज, राष्ट्रपति भण्डारी सहभागी हुने

प्रकाशित मिति:

काठमाडौँ – जापानका सम्राट नरुहितोको राज्याभिषेक कार्यक्रम आज आयोजना हुँदैछ ।राज्याभिषेक कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आइतबार नै जापान पुगिसकेको छ ।राज्याभिषेक कार्यक्रममा १ सय ९० वटा देश तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने जापान सरकारले जनाएको छ ।

जापानका ५९ सम्राट नरुहिताको शासन मे १ बाटै शुरु भएपनि यो विश्वलाई नयाँ सम्राटको शासन शुरु भयो भने औपचारिक जानकारी दिने कार्यक्रम हो । जसमा राज्याभिषेक, भोजको आयोजना गरिने छ ।तर जापानमा हगिबिस समुद्री आँधीको कारण ८० जनाका मृत्यु भएपछि राज्याभिषेक परेडको आयोजना भने पछि सारिएको छ । सो कार्यक्रम नोभेम्बर १० का लागि सारिएको छ । राज्याभिषेकका अवसरमा जापानमा विभिन्न अपराधमा पक्राउ गरेका ५ लाख कैदीलाई माफी दिने कार्यक्रम रहेको छ ।