न्यूज फेस्टिबल-२०७६ सफल पार्न नवलपरासीमा अन्तर संघसंस्थासंग समन्ववय बैठक सम्पन्न

प्रकाशित मिति:

नवलपरासी-सघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार” भन्ने मुल नाराका साथ लुम्बिनी प्रेस क्लबको आयोजनामा ३ दिने न्यूज फेस्टिबल आगामी मंसिर १ देखि ३ गते सम्म बुद्ध जन्मस्थल लुम्बिनीमा हुने भएको छ । न्यूज फेस्टिबल–२०७६ लाई सफल पार्नको लागि लुम्बिनी प्रेस क्लब रुपन्देहीले पश्चिम नवलपरासीका अन्तर संघ संस्थासंग समन्ववय बैठक विहिबार परासीमा सम्पन्न गरेको छ । लुम्बिनी प्रेस क्लब रुपन्देहीको आयोजनामा नेपाल पत्रकार महासघ पश्चिम नवलपरासीका पत्रकारहरुसंग अन्तर संघसंस्था समन्वय बैठक सम्पन्न भएको हो । यहाँ पर्यटन प्रबद्र्धन त्यस क्षेत्रको बिकास गर्न र मोफलको सञ्चार जगतलाई बलियो बनाउने उद्येश्यले न्यूज फेस्टिबल–२०७६ गर्न लागिएको लुम्बिनी प्रेस क्लबको उपाध्यक्ष नरेश केसीेले जानकारी दिनुभएको छ ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षता तथा रामग्राम नगरपालिकाको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यता भएको कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले सघिंयतामा स्थानयि तहको ठुलो महत्व रहेको र स्थानयि तहले काम गर्न केही कानुनी कठिनाई भएको तर त्यसलाई फुकाउन झन कठिन रहेको र केन्द्रिकृत सोच भएका नेतृत्वका कारण अफ्ठ्यारो भएको बताउदै स्थानयि तहका सम्पुर्ण पर्यटकिय क्षेत्रको सम्बद्र्धन गर्न स्थानिय तह क्रियासिशल रहेको बताउनुभयो । फरक प्रसंगमा बोल्दै नगर प्रमुख गुप्ताले रामग्राम स्तुपको संरक्षण प्रबद्र्धन बिकासमा लुम्बिनी बिकास कोषले यसक्षेत्रलाई उपेक्षा गरेका आरोप समेत लगाउनुभयो । संसारको एक मात्र अस्तुधातु रहेको रामग्राम स्तुपलाई कोषले यसको संरक्षण प्रबद्र्धन र बिकासमा पछाडी पारेको बताउदै गौतम बुद्धको मावली पण्डिपुर बुद्धको मावली रुपन्देहीको देवदह नभएर वास्तविक गौतम बुद्धको मावली पण्डिपुरको देवदह रहेको उहाँले बताउनुभयो । बुद्धको मावली पण्डिपुरमा उत्खनन्को लागि रामग्राम नगरपािलकाले बजेट पनि बिनायोजन गरेकोले अब छिटै नै उत्खनन् कार्य सुरु हुने गुप्ताले बताउनुभयो ।

कार्यक्रममा न्यूज फेस्टिबल २०७६ का समयोजक दिपेन्द्र बडुवालले सो कार्यक्रम सबैको साझा कार्यक्रम रहेको र देशभरका पत्रकारहरुलार्य लुम्बिनी संग सम्बन्धित क्षेत्रहरुको पहिचान गराई लुम्बिनी भ्रमण बर्ष २०७६ र नेपाल भ्रमण बर्ष २०२० सफल पार्न सबैको सहकार्य हुन जरुरी रहेको बताउनुभयो । सो अवसरमा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरी शर्माले यसक्षेत्रमा थुप्पै पर्यटनसंग जोडिएको स्थल रहेको यसलाई संरक्षण प्रबद्र्धन र बिकास गर्न सकियो भने लुम्बिनी भ्रमण बर्ष २०७६ सफल हुने बिश्वास व्यक्त गरेका थिए । उनले रामग्राम स्तुप बुद्धको मावली पडिण्तपुर र बुद्धसंग सम्बन्धित सुस्तामा रहेको अनोमाघा पर्यटकीय स्थलको रुपमा संरक्षण प्रबद्र्धन र बिकास गर्न सके यसक्षेत्रमा पर्यटन भित्राउने ठूलो सम्भावना रहेको बताउनु्ुभयो । समन्वय बैठकमा नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य पुरुषोत्तम सुुबेदी लगाएतका सञ्चारकर्मीहरुले अफनो धारणं राखेको लुम्बिनी प्रेस क्लबकी महासचिव सम्झना शर्माले बताउनुभयो ।