काठमाडौँ –नेपाल सरकार गृहमन्त्रालयले कात्तिक १३ अर्थात भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मन्त्रालयले नेवार समुदायको भाइटीका यस वर्ष कात्तिक १३ गते पर्ने भएकाले सार्वजनिक विदा दिएको जनाएको छ ।नेवारी प्रतिनिधीले भाइटीका १३ कात्तिकमा पनि पर्ने भएकाले त्यस दिन बिदा दिन आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ ।