क्याननका विद्यार्थीले गरे अपाङग आश्रमलाई सहयोग

प्रकाशित मिति:

रोटरी क्लव अफ बुटवलको भातृ संस्थाका रुपमा रहेको इन्टयाक्ट क्लव अफ क्यानन सेकेन्डरी स्कुल, बुटवल ०८ सुख्खानगरका विद्यार्थीहरुले देविनगर स्थित नेपाल अपाङग आश्रमलाई खाद्यान्न तथा फर्निचर उपलब्ध गराएका छन् । क्लव मा आबद्ध सदस्यहरु, विद्यार्थी, कर्मचारी तथा शिक्षकहरुसँग सहयोग जुटाई उक्त आश्रमलाई सहयोग गरेका हुन् । क्लवका विद्यार्थीहरु द्धारा आयोजना गरीएको सहयोग कार्यक्रममा रोटरी क्लव अफ वुटवल र रोट¥याक्ट क्लव अफ वुटवलको पनि सहभागिता थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य माधब कुमार पौडेल, रोटरी क्लव अफ वुटवलका अध्यक्ष नारायण प्रसाद पन्थ तथा रोटरी र रोट¥याक्ट क्लव अफ वुटवलसँग सम्बद्ध शिब कुमार ज्ञवाली, खेमराज पुन, दिनेश ज्ञवाली, यदुनाथ पाण्डे लगायतको उपस्थिति थियो ।
सहयोग कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य माधब कुमार पौडेलले विद्यार्थीहरुमा सैद्धान्तिक ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञानको आवश्यकता पर्ने हुनाले विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा भाग लिन र सक्रिय हुन आग्रह गर्नुभयो । यस्तै रोटरी क्लव अफ बुटवल का अध्यक्ष नारायण प्रसाद पन्थले इन्ट¥याक्ट क्लवको महत्व माथि प्रकाश पार्दै सामाजिक भावनाले पे्रेरित हुन आग्रह गर्नुभयो । विद्यार्थीहरुले सहयोग स्वरुप तयार पारेको खाद्यान्न तथा फर्निचर अपाङग आश्रमका अध्यक्ष डोल बहादुर रामदासलाई हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रमको संयोजन शिक्षक लक्ष्मिनाथ मरासिनिले गर्नुभएको थियो भने इन्ट¥याक्ट क्लव अफ क्याननका अध्यक्ष रविन रिजालको अध्यक्षता र प्रल्हाद पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।