भदौ १७,रामेछाप– जिल्लामा चल्ने सवारी साधनको गति न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गति मापन यन्त्र९राडार गन०को प्रयोग सुरु गरेको छ । तिव्रगतीका कारण सवारी दुर्घटना हुने र सर्वसाधारण नागरिकलाई समेत आवतजावत गर्न जोखीम बढेपछि जिल्लामै पहिलोपटक उक्त यन्त्र परिक्षणमा ल्याईएको ट्राफिक प्रहरी इन्चार्ज रामेश्वर पाण्डेले जानकारी दिए ।
विशेषगरी सदरमुकाम मन्थलीमा तीब्र गतिमा गाडी चलाउँदा दुर्घटना बढ्न सक्ने निश्कर्ष निकाल्दै प्रहरीले सवारी गति मापन गर्ने यन्त्र प्रयोगमा ल्याएको हो । साना ठुला गरी दैनिक ५ सय भन्दा बढि सवारी आवतजावत गर्ने सदरमुकाम मन्थलीमा सवारीहरुको गति सिमित नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै सर्वसाधरणहरुलाई यात्रा गर्न समेत जोखिम थियो । तिव्रगतिका कारण हुने सवारी दुर्घटनालाई कम गर्ने र नागरिकको समस्यालाई समाधान गर्ने उद्धेश्यसहित सवारीको गति मापन यन्त्र आईतबारबाट नियमित गरिएको हो । राडार गनबाट टाढाको दुरीमा गुडेको सवारीको गति क्यामेराबाट थाहा पाउन सकिन्छ भने यन्त्रबाट निस्कने आवजले पनि सवारी तिव्र गतिमा गुडिरहेको छ भन्ने संकेत गर्दछ ।
आज सदरमुकामबाट बाहिरीने र भित्रिने सवारीको गति मापन गरिएको र केहि सवारीले तोकिएको भन्दा बढि गतिमा सवारी चलाएको पाईएको ईन्चार्ज पाण्डेले बताए । सुरुको दिन भएकोले उनिहरुलाई ट्राफिक नियम र राडार–गनको बारेमा जानकारी गराएर छाडिएको छ । ट्राफिक प्रहरीले सदरमुकाममा २० भन्दा बढिको गतिमा सवारी चलाउन आग्रह गर्दै ठाउँठाउँमा सचेतना बोर्ड पनि राखेको छ । अवका दिनहरुमो तिव्रगतिमा सवारी चलाएको पाईएमा अन द स्पर्ट कार्वाही गरिने ईन्चार्ज पाण्डेले जनकारी दिएका छन् ।