काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातै वटा प्रदेश प्रमुख बर्खास्त गरेर सरकारले द्वन्द्व सिर्जना गर्न खोजेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको यो निर्णयले सरकार र विपक्षीबीच द्वन्द्व बढाउने काम गरेको बताए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मात्र सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि कांग्रस प्रवक्ता शर्माले एस काठमाडुलाई प्रतिक्रिया दिदैँ भने, ‘सरकारले गर्नु पर्ने काम धेरै छन् । तर सरकार द्वन्द्व नित्याउने बाटोमा लाग्यो । यस्तो पूर्वाग्रही कदमप्रति काँग्रेसको विमति रहन्छ ।
प्रवक्ता शर्माले सरकार असफलताको बाटोतिर लागेको आरोप समेत लगाए । ‘गर्नुपर्ने थुप्रै कामहरु छाडेर आफ्नो निकटस्थहरुलाई जागिर खुवाउनेतिर लागेर आफ्नो असफताको खाडल खर्ने काम गरेको छ ’ शर्माले भने । २०७४ माघ ३ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशका प्रमुखहरुको नियुक्त गरेको थियो ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ९ख० बमोजिम पदमुक्त गरेकी हुन् ।