सानुवावु सीलवाल । बितेको ७ दिनको अबधिमा मात्र अमेरिकामा आर्थिक स्वतन्त्रताका लागि आफ्नो साहु आफै बनौ, आफ्नो तलबको पे चेक आफै काटौू भन्ने मेरो मिसन लेखनलाइ मन पराइदिने तमाम हज्जारौ शुभचिन्तक दाजुभाइ दिदिबहिनिहरु मध्ये १०७ जना अमेरिकाबाट, ३२ जना नेपालबाट, ९ जना अरब, थाइल्यान्ड, मलेशियाबाट, ४ जना जापानबाट, १२ जना बिभिन्न युरोपियन देशबाट, ७ जना अफ्रिकन मुलुकबाट र ३ जना भारतबाट गरि जम्मा १७४ जनाले मेरो फेसबुकको म्यासेज बक्समा ब्यापार ब्याबसाय, अर्थोउपार्जनका लागि बिबिध प्रश्न जिज्ञासाहरु र सुझाबहरु माग्नु भएछ। उहाहरु सबैले प्रशसा सहित धन्यबाद दिनु भएको रहेछ उहाहरु सबैलाइ यसै स्ट्याटस मार्फत धन्यबाद दिदै आभार ब्यक्त गर्दछु। यहाहरु सबैको सदभाब सधै मिलोस पनि। १७४ जनाले म्यासेज गरि प्रश्न र सुझाबको अपेक्षा गर्नु भएकोमा झन्डै १४४ जनाको त उस्तै उस्तै प्रकार र प्रक्रितिका प्रश्नहरु थिए र अरु बाकिका चाहि फरक प्रश्न देखे। अब रह्यो अमेरिकाबाट म्यासेज पठाउनु हुने ८९ जना दाजुभाइ दिदिबहिनिहरुले मसङ्ग सिधै सम्पर्क र सुझाबका लागि मेरो सेल फोन माग्नु भएको रहेछ। ति मध्ये २ जना दिदिबहिनिहरु र ३२ जना दाजुभाइ गरि ३४ जनासङ्ग मेरो कुराकानि भयो र सकेसम्म मैले उहाहरुको ब्यबसाय सम्बन्धि कौतुहलता मेटाउने प्रयास गरे। कुराकानि भएको २६ जनामा १३ जनाले केहि बर्ष अमेरिका बसेर केहि हजार डलर जम्मा गर्नु भएको रहेछ तर उहाहरुसङ्ग ब्यबसाय गरौ भने सोच रहेछ तर आइडिया रहेनछ।
९ जना सङ्ग बिभिन्न ठाउमा काम गरेको आइडिया त रहेछ तर ब्यबसायका लागि आबस्यक पर्ने निम्नतम आर्थिक जोहो रहेनछ तर केहि गरौ भन्ने सोचले रातदिन पिरोलिरहेको तर उक्त स्रोत क्रेडीट कार्ड, बैक वा अन्य सम्बन्धित निकाय वा सभाबना बारे सोध्धै हुनुहुन्थ्यो। ३ जना सङ्ग आइडिया पनि रहेछ कामको अनुभब रेष्टुरेण्ट र स्टोरको र केहि डलर पनि बचत रहेछ तर प्रक्रिया, लोकेशन, ब्यबसाय छनौट र सफलता र असफलताहरुका बारेमा सोध्धै हुनुहुन्थ्यो। अर्को ६ जना मध्ये ३ जना अमेरिकामा बसेको थुप्रै बर्ष भएको तर न त डलर छ न त आइडिया नै छ ब्यबसायको लागि तर केहि गर्नु पर्छ भन्ने सोच चाहि भएको र अर्को ७ जना अमेरिका आएको केहि बर्ष मात्र भएको तर डलर र आइडिया २ वटैको खोजिमा रहेको उहाहरुको कुरा सुन्दा त्यहि पाए। अर्को ४ जना साथिहरु मध्ये २ जनाको न्युयोर्कमा नेल र अर्को २ जनाको टेक्सासमा स्टोर ब्यबसाय रहेछ र उहाहरु २ जना नै ब्यबसायको सफलता र थप आइडियाहरु लिन खोज्दै हुनुन्थ्यो। कुराकानि भएका मध्ये १७ जनाको चाहना ब्यबसाय गर्ने रह्यो। ७ जनाले ग्रोसरि, पेट्रोल पम्प र स्टोर, ४ जनाले रेस्टुरेन्ट, २ जनाले नेल, अर्को ६ जना दिदि बहिनिले चाहि घरबाट नै ब्यबसाय चलाउने जसमा ३ जनाले नेपालबाट घरेलु, क्राफ्ट, जडिबुटि औषधि ल्याउने र १ जनाले घरबाटै ट्राभल एजेन्सि खोल्दा के होला भनेर सोध्नु भयो र प्रक्रिया नियम र कानुन के के छन र कसरि कम्पनि दर्ता गर्ने वा कम्पनि दर्ता गर्न के कस्ता अप्ठ्याराहरु छन के गर्दा राम्रो हुन्छ भनेर सोध्नु भयो र बाकि ४ जना चाहि के ब्यबसाय गर्न सकिन्छ कति लगानि गर्नु पर्दछ, कहा कहा सस्तो र सानो लगानिको ब्यबसाय पाउन सकिएला, कस्तो कस्तो खर्च हुन्छ त ब्यबसायमारु के कस्तो ओभरहेड हुनसक्छनरु भन्ने अलमल र दोधारमा रहेछन र मबाट आत्मबिस्वास, सुझाब र तरिकाहरुको अपेक्षा गर्नु भएको देखियो। सबै दाजुभाइ, दिदिबहिनिहरुको जिज्ञासाहरु मेटाए जस्तो लागेर आयो उहाहरु मेरो उत्तरबाट।
ब्यबसायका लागि यति धेरै जनचेतना र आत्मबिस्वास र कौतुहलता बढेछ कि केहि बर्षमा अमेरिकामा नेपालि समुदायमा खुशि लागेर आयो। यो त एउटा एक हप्ताको तथ्याङक मात्रै हो र एउटा चित्र हो। दाजुभाइ दिदिबहिनिहरुको जिज्ञासा, प्रश्नहरु आउने क्रम जारि छ। जो जो सङ्ग कुरा गर्न समय मिल्यो उहाहरुलाइ जुनसुकै बेला सुझाब र जानकारिका लागि ढोका खुल्ला छ र स्वागत छ र मैले सकेको र सक्दो सहयोग गर्नेछु भनेर भनेको छु। अबसरका लागि जानकारि नपाएर बसिरहनु भएका, अमेरिकामा जानकारिको अभाबमा पिल्सिएर बसिरहनु भएका, केहि जान्न सिक्नका लागि इच्छुक दाजुभाइदिदिबहिनिहरुलाइ सेवा र जानेको कुरा प्रदान गर्न सधै हाजिर पनि छु। नलेज शेयरिङ्गबाट अबसर प्राप्तिका लागि कुरेर बसिरहेका दाजुभाइ दिदिबहिनिहरुको चाहना र उहाहरुको सफलताको प्रत्यक्ष र अप्रत्यक्ष लाभ त यहि समाजले नै लिने हो जस्तो लाग्दछ मलाइ तर तपाइहरु चाहि के भन्नुहुन्छ ।