पोखरा निर्वाचन कार्यालय नजिकै बम विस्फोट

प्रकाशित मिति:

कास्की – दल दर्ता कार्यक्रमलाई लक्षित गर्दै पोखरामा बम बिस्फोट भएको छ । पोखराको पर्यटन बसपार्कमा नजिक रहेको निर्वाचन कार्यलय छेउमा भएको बम बिस्फोटमा खासै क्षति भने भएको छैन । बम विस्फोट कसले र किन गरिएको भन्ने बुझ्न सकिएको छैन । करिब १० :४० को समयमा विस्फोट भएको थियो । थप विवरण आउन बाँकी छ ।

आज दलहरुले निर्वाचन आयोगमा उम्मेदबारी दर्ता गर्दैछन् । उप निर्वाचनका लागि आज कास्कीमा नेकपा, काँग्रेस, विवेकशीललगायतले मनोनयन दर्ता गर्न लागेका छन् । त्यसैको बिरोध गर्दै बम राखिएको हुनसक्ने प्रहरीले जनाएको छ । विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन । विस्फोटपछि जिल्ला निर्वाचन कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।