बुटवलमा सुकुम्वासीको भुमि सभा : मन्त्री पौडेल भन्छिन – ‘लालपुर्जाको समस्या धेरै दिन रहन्न’
♦ प्रदेश लालपुर्जा दिने कानुन बनाउन ढिलाई गर्यो : सुकुम्वासी अगुवा
♦ प्रदेश लालपुर्जा दिने कानुन बनाउन ढिलाई गर्यो : सुकुम्वासी अगुवा
बुटवल – राष्ट्रिय भुमि अधिकार मञ्च, नेपाल प्रदेश नं ५ र नेपाल राष्ट्रिय भुमिहिन सुकुम्वासी संगठन नेपालले प्रदेश सरकारकी भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलले ज्ञापन पत्र बुझाउँदै प्रदेश अस्थायी राजधानी बुटवलमा हिजो भुमि सभा आयोजना गरे ।
भुमि सभामा बर्दिया, बांके, कपिलवस्तु, पाल्पा, परासीबाट साईकल यात्रा गरी बुटवलमा आएका भुमिहिन सुकुम्वासीहरुलाई नेपाल राष्ट्रिय भुमिहिन सुकुम्वासी संगठनले एक्यबद्धताका साथ सहयोग गरेका थिए ।
भुमि सभालाई सम्बोधन गर्दै लालपुर्जा देउ नारा लगाएका भुमिहिन किसान, सुकुम्वासीहरुलाई मन्त्री आरती पौडेलले आस्वस्थ पार्दै भनिन् अब तपाईहरु भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासी रही रहन पर्दैन लालपुर्जा पाउने ग्यारेण्टी भईसकेको छ । भुमिहिन, सुकुम्वासी र अव्वस्थित बसोबासीहरुका अगुवाहरुले सरकार प्रति आस, बिश्वास र सन्त्रासमा रहेको बताउँदै सरकार के भन्छ केभन्छ भन्दै नारा लगाएका थिए ।
भुमि सभालाई सुकुम्वासी, अव्यवस्थित बसोबासी र भुमिहिन संगठनका केन्द्रिय सचिव सिद्धिचरण भट्टराईले सम्बोधन गर्दै सत्तामा पुर्याएको यो श्रमजिवी भुमिहिन सुकुम्वासीहरुको शक्ति सत्ताच्युत्त पनि गर्ने क्षमता राख्छ भन्ने बुझेर सरकारले काम गर्न आग्रह गर्नु भयो । उहाँले सरकार संग संगठनका खबरदारी र समझदारी दुवै शैलिका सम्बन्ध रहने बताउनु भयो । सभालाई मञ्चका पुर्व अध्यक्ष, जसविर ओट, प्रेम कुमारी शाही, लालु नेपाली, राजकुमार हरिजन त्यसैगरी संगठनका यादव अर्याल, बिरमान लामा, केस बहादुर बिक, र बिरमान लामा लगायतले मन्तव्य राख्नु भएको थियो ।