प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

प्रकाशित मिति:

काठमाडौं/भारतले सार्वजनिक गरेको नक्सा तथा अतिक्रमित नेपाली भूमिबारे छलफल गर्न आज शनिबार सर्वपक्षीय बैठक आह्वान गरेका छन्।कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा विवादका विषयमा समान धारणा बनाउन सर्वपक्षीय बैठक आह्वान गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेको विषयलाई लिएर देशभर विरोध प्रदर्शन शुरु भएपछि प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाएका हुन् ।

सरकारले यसअघि नै विज्ञप्ति निकालेर एकपक्षीय नक्सा मान्य नहुने बताएको छ ।बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ । बालुवाटारमा बस्ने बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा सीमाविद्हरु सहभागि हुनेछन् ।