भारतीय दादागीरीको विरुद्ध तरुण दल स्याङ्जा सडकमा , माटोको रक्षार्थ उभीने प्रतिबद्धता
स्याङ्जा -नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल स्याङ्जाले भारतले अतिक्रमित भू–भाग तत्काल फिर्ता गर्न माग गर्दै सोमबार स्याङ्जा सदरमुकाममा विरोध प्रदर्शन गरेको छ। पुतलीबजार नगरपालिका १ स्थित पार्टीको मुख्यालयबाट निस्केको तरुणहरुको बृहत र्यालीमा भारतीय विस्तारवाद मूर्दावाद, छिमेकी बलमिच्चाई मूर्दावाद, छिमेकी मित्रता कायम गर, भारतीय दलाल मूर्दावाद, नेपाल तरुण दल जिन्दावाद लगायतका नारा लगाउँदै अभियानपथ, चौकी, वीपी चोक, हुलाकमार्ग, रेडियोचोकहुँदै सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको छ।कोणसभामा बोल्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमार ले वीर नेपाली पूर्खाहरुको अुलनीय योगदानबाट सिर्जित गौरवशाली इतिहास बोकेको सार्वभौम नेपालको सीमा शक्तिशाली राष्ट्र भारतले हडप्न खोज्नु राम्रो संकेत नभएको बताउँदै एक चिम्टी नेपाली माटोको पनि रक्षार्थ सिंगो नेपाली कांग्रेस पार्टी र सबै भातृसंगठन तयार रहेको बताए । नेपाल र भारतको बिचमा रोटिबेटि र भाईचाराको सम्बन्ध छ त्यसलाई भारतले बिचार नपुयाउनु दुखद पक्ष भएको बताएका छन् । उनले नेपाली दाजुभाई भारतको सिमा रक्षाका लागि रगत बगाएका छन् भारतले उल्टो नेपालको सिमा मिच्ने भन्दै का।सभापति रानाले प्रश्न समेत गरेका थिए ।
एशियाली मुलुकका उदीयमान शक्तिका रुपमा रहेको शक्तिशाली राष्ट्र भारतले सानो मुलुक नेपालको कालापानी, लिम्पुयाधारा र लिपुलेक जस्ता भू९भाग अतिक्रमित गर्नु लज्जास्पद रहेको बताउँदै नेपाल सरकारले तत्काल सीमा सुरक्षाका लागि कुटनीतिक पहल गरेर तत्काल समस्या समाधानमा केन्द्रित हुन का सभापति रानाले आग्रह गरे । उनले भने ”राट्रियता,स्वाधिनता र अखण्डताको विषयमा हामी एक ठाँउमा छौ प्रधानमन्त्री के वी शर्मा वली ज्यू खुट्टा नकमाई अगाडि बढ्नुस ।”विरोध सभामा महासमिति सदस्य हिरादेवी शर्मा, तरुण दलका उपाध्यक्ष रविन केसी, सचिव चन्द्र राना, नेपाल विद्यार्थीं संघका अध्यक्ष अजित क्षेत्रीलगायतले भारतीय नक्सामा देखाइएको नक्सा अमान्य घोषित गर्न पहिला कुटनीतिक पहल र त्यसपछि अन्र्तराष्ट्रिय अदालतसम्म जान सरकारलाई सुझाव दिए ।वक्ताले सगरमाथा कस्को भन्ने विषयमा बहस चल्दा तत्कालिन प्रधानमन्त्री वीपी कोइरालाले चीन भ्रमणगरी माओसँग वार्ता मार्फत सगरमाथा नेपालकै भनेपछि चीनले त्यसपछि सगरमाथाका बारेमा कहिल्यै कुरा उठाउन नसकेको भन्दै स्मरण गराउँदै वर्तमान प्रधानमन्त्रीले पनि सोको पहल कदमी लिन आग्रह गरेका छन् ।नेपाल तरणदल स्याङ्जाका कार्यबाहक सभापति शिवंसंसार श्रेष्ठको अध्यक्षतामा भएको कोणसभा कार्यक्रमको सञ्चालन सचिव चन्द्र रानाले गर्नुभएको थियो ।