नेपाली भूमिबाट विदेशी सेना हटाउँछौं र भूमि फिर्ता लिन्छौं– प्रधानमन्त्री ओली

प्रकाशित मिति:

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अतिक्रमित भूमी सरकारले फिर्ता लिने बताएका छन् । नेपाल युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकार संवाद गर्न नसक्ने सरकार नभएको बताए । छिमेकी सँग किन्चित तनाव नहोस् भन्ने पक्षमा आफूहरु रहेको प्रधानमन्त्रीको भनाइ थियो । ‘संवादबाट समस्याको समाधान चाहन्छौं’ ओलीले भने,‘अहिलेको सरकार संवाद गर्न नसक्ने कुरा गर्न नसक्ने सरकार होइन । इतिहासले देखाइसकेको छ यो सरकार राष्ट्रिय हितको पक्षमा सरकार लड्न सक्छ । ’ प्रधानमन्त्री ओलीले नेपालको भूमिबाट विदेशी फोज फिर्ता गराउने र सीमाको रक्षा गर्ने ओलीको भनाइ थियो । ‘सरकारले संवादबाट सीमा सम्बन्धी समस्या समाधान गर्छ ’ प्रधानमन्त्री ओलीले भने,‘हाम्रो भूमिबाट विदशी फौज फिर्ता गराउँछ ।

हाम्रो भूमिको रक्षा गर्छ ।’ कतिपयले नक्सा सच्याउने कुरा गरेको भन्दै ओलीले नक्सा सच्याउने मात्र नभइ भूमि फिर्ता ल्याउने कुरा महत्वपूर्ण रहेको ओलीको भनाइ छ । ‘कतिपयले नक्सा सच्याउन त अहिले सकिन्छ यहाँ तर नक्साको कुरा होइन भूमि फिर्ता ल्याउने कुरा छ यहाँ । यो सरकारले भूमि फिर्ता ल्याउँछ ’ ओलीले भने । ‘नक्सा त प्रेसमा छाप्दा भइहाल्छ । यो प्रेसमा नक्सा छाप्ने कुरा मात्र होइन । भूमि फिर्ता ल्याउने कुरा हो ’ प्रधानमन्त्री ओलीले भने,‘नेपाल र नेपालीहरु भूमि फिर्ता ल्याउन सक्छन् र सक्षम छन् ।’ सीमाका विषयमा सबै राजनीतिक दलले एक जुट भएर आवाज उठाएको र यो आवश्यक रहेको ओलीको भनाइ थियो ।