विप्लब निकट विद्यार्थी संगठनद्वारा बुटवलमा प्रदर्शन,प्रहरीले रोक्न सकेन

भारतीय नक्साविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीले बुटवलमा प्रदर्शन गरेको छ।

प्रकाशित मिति:

बिपिन नेपाल /बुटवल  – भारतीय नक्साविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीले बुटवलमा प्रदर्शन गरेको छ। नेपालीभूमि भारतले अतिक्रमण गरेको भन्दै विप्लव निकट विद्यार्थीहरुले आइतबार प्रदर्शन भएका छन्।बुटवलकासरकारी तथा सामुदायिक क्याम्पसका सयौं विद्यार्थीहरु प्रदर्शनमा सहभागि भएका थिए। प्रहरीको घेराबन्दीकाबीच विद्यार्थीले ‘लिपुलेक हाम्रो हो’, ‘गो ब्याक इन्ण्डिया’ लगायतका नारा लगाउदै प्रदर्शन गरेका हुन्।

कालिका क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस सिद्धार्थ र बहुमुखी क्याम्पस , साथै नवीन औद्योगिक क.ब.रि.मा.बिधालय , कान्ति माध्यमिक .बिधालय र प्राइभेट बिधालय गरि सबै विद्यार्थीहरु एकैसाथ सडकमा निस्किएका थिए। ठाउँठाउँमा उनीहरुलाई प्रहरीले रोक्ने प्रयास गरेपनि सकेन। अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रिय समन्वय समितिको आयोजनामा बुटवलको योगीकुटी, कालिकानगर, देवीनगर, मिलनचोक, नयाँबसपार्क, गोलपार्कबाट एकैसाथ विरोध जुलुस निकालिएको थियो। समन्य समितिका संयोजक विरेन्द्र विकले नेपाली सीमा बचाउनका लागि दबाबमुलक र्‍याली निकालिएको जानकारी दिए। उनले विद्यार्थीको दबाबमुलक कार्यक्रम निरन्तर चलिरहेने समेत बताए। क्रान्तिकारीले बुटवलको पुष्पलाल पार्क र मिलनचोकमा कोण सभा समेत गरेको हो।