काठमाडौँ /जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मध्य तथा पुर्वी तराईका केही स्थानहरुमा हुस्सुरकुहिरो लागेको र पश्चिमी भू-भाग लगायत पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको जनाएको छ ।नेपालको पश्चिमी भू-भागमा पश्चिमि वायूको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाले पूर्वी र मध्य तराईका केही स्थानमा सामान्य हुस्सुरकुहिरो देखिएको हुँदा सो स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बढेको जनाएको छ । चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध गरेको छ।