मौसम पुर्वानुमान : यस्तो रहनेछ आगामी तीन दिनको मौसम

प्रकाशित मिति:

बुटवल – जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदिन नेपालको मौसम सामान्य रहने जनाएको छ । महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सामान्य हुने जनाएको हो । देशको पश्चिमी उच्च पहाडी भूभागमा आंशिक बदलिको अवस्था रहेको छ भने बाँकी भूभागमा सामान्यया सफा र तराईका भूभागहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था रहेको महाशाखाले जनाएको छ ।
यस्तो छ महाशाखाले जारी गरेको आगामी तीनदिनको मौसमी पूर्वानुमान

पौष ७ गते (सोमवार)

दिउँसो : देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भूभागमा मौसम समान्यतया सफा रहनेछ।

राति : देशभर आंशिक बदलिको अवस्था रहने छ ।

पौष ८ गते (मंगलवार)

दिउँसो :देशभर आंशिक बदलिको अवस्था रहने छ ।

राति : देशको मध्य तथा पूर्वी भू(भागमा आंशिक बदलि र बाँकी भू(भागमा सामान्यतया सफा रहने छ

पौष ९ गते (बुधवार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदलि र बाँकी भू-भागमा सामान्यतया सफा रहने छ

राति : देशभर आंशिक बदलिको अवस्था रहनेछ ।