भारतमा यस्तो हालतमा रहेका २१३ नेपाली चेलीको उद्धार

प्रकाशित मिति:

बुटवल -माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट एक वर्षमा २१३ नेपाली चेलीको उद्धार गरेको छ । सन् २०१९ को जनवरीदेखि हालसम्ममा मा’नव बे’चबि’खनमा सङ्लग्न दलालले झुक्याएर भारतको मिजुराम, मनीपुर, वर्मालगायतका क्षेत्रबाट र काँकडभिट्टा नाकासहित गरी २१३ नेपाली महिलाको उद्धार गरेको हो । वैदेशिक रोजगारीको बहाना बनाएर भारतलगायत तेस्रो मुलक लैजान लागेको अवस्थामा ८२ जनालाई सीमा नाका काँकडभिट्टाबाट घर फर्काइएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताउनुभयो । सोही अवधिमा कार्यालयमा १४४ जना महिला हराएको निवेदन परेकामध्ये ४२ जनालाई फेला पारी परिवारलाई जिम्मा लगाइएको छ भने ब’लात्का’रको घटनामा एक जनाविरुद्ध मुद्दा दर्ता गरिएको उहाँको भनाइ थियो ।

मानव बेचविखनको ‘ट्रान्जिट’ मानिएका पूर्वको काँकडभिट्टा, पशुपतिनगर र भद्रपुर, जोगवनी नाकामा माइती नेपालले कर्मचारी खटाएर नियमित निगरानी गर्दै आएको छ । बे’चवि’खनमा परेका पीडितको उद्धार गरे पनि हालसम्म बे’चबिख’नमा संलग्न व्यक्ति फरार रहेको संयोजक घिमिरेको भनाई छ । “पीडितले नै उजुरी दिन हामीलाई सहयोग गर्दैनन्”, घिमिरेले भन्नुभयो, “जसका कारण अभियुक्त फरार हुन्छन् । रासस