पूर्वअर्थमन्त्री पौडेलद्धारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामाग्री प्रदान

प्रकाशित मिति:

बुटवल, जेठ १८ । पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रुपन्देहीका पत्रकारहरुका लागि सुरक्षा सामाग्री उपलब्ध गराएका छन् । आईतबार सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसिलाई हस्तान्तरण गरिएको छ ।नेकपा रुपन्देहीका सचिव निर्मल जिसि, प्रचार विभाग प्रमुख मोहन चापागाई, नेकपा क्षेत्र न. २ का संयोजक तेजेन्द्र केसीले प्राप्त भएका पत्रकार परिचय पत्र सहितको ज्याकेट र मास्क हस्तान्तरण महासंघलाई हस्तान्तरण गरेका हुन । हस्तान्तरणका अवसरमा नेकपा रुपन्देहीका सचिवले महामारीको संकटमा परिचय सहित फिल्डमा खटिदा केहि हदसम्म सुरक्षा कायम हुन सक्ने बताए ।

कोरोना महामारीले स्थिती निकै असहज बनेको भन्दै सबैले सजगता अपनाउनुपर्ने उनले बताए ।नेकपा महासचिव तथा रुपन्देहीका सांसद पौडेलले कोरोना महामारीका बेलामा अग्रमोर्चामा खटिने पत्रकारहरुका लागि उक्त सामाग्री उपलब्ध गराएको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले बताए । उनले पत्रकारिता चुनौतीपूर्ण पेशा भएकाले महामारीका बेला परिचयपत्र सहित फिल्डमा जादा त्यसले सहजता ल्याउन बताए ।पत्रकार महासंघमा प्राप्त भएको उक्त सामाग्री महासंघका सदस्यहरुलाई वितरण गरिने अध्यक्ष यानेन्द्र जिसिले बताए । उनले पहिचान सहित फिल्डमा खटिनुपर्ने भएकाले यसले सहजता ल्याउने बताए । यसअघि महासंघ रुपन्देहीले सुरक्षा सामाग्री वितरण गरेको सचिव रामप्रसाद आचार्यले बताए । पत्रकारहरुको कोरोना बिमा पनि प्रक्रियामा रहेकाले आवश्यक कागजपत्र उपलब्ध गराउन उनको आग्रह छ ।