पाल्पामा थप २० जनामा कोरोना सक्रमण

६ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


पाल्पा / पाल्पामा शनिवार मात्र पाल्पामा २० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । केन्द्रिय प्रयोगशाला काठमाडौमा १ जना, शुक्रराज ट्रफिकल तथा सरुवा रोग काठमाडौमा १ जना महिला र १५ पुरुष तथा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा ३ जनामा कोरोना सक्रमण देखिएको हो ।

रैनादेवी छहरा गाउँपालिका सिद्धेश्वरका ११ जना पुरुष र एक जना महिला, भुवनपोखरीका ४ जना पुरुष, माथागढी गाउँपालिका ४ झडेवाका १ जना र तिनाउ गाउँपालिका वडा झुम्साका २ जना र लुम्विनी मेडिकल कलेजमा उपचारत गुल्मीका एक जनामा कोरोना सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पंन्थीले बताए ।

पाल्पा योसंगै सक्रमितको संख्या ९२ पुगेको छ । यस अघि बगनासकाली गाउँपालिकामा १७ जना, यसअघि रम्भा गाउँपालिकामा १६ जना, ,माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, रिव्दीकोगाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका १२ जना, र तिनाउँ गाउँपालिकामा १ जना, उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा गुल्मी र अर्घाखाचीका एक एक जनामा कोरोना सक्रमण देखिएको छ । सक्रमित मध्ये एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो भने ५ जना निको भई घर फर्किएका छन ।राजधानी दैनिक बाट 

फेसबुकबाट तपाईको प्रतिक्रिया