डोटीमा ६ महिने बालकसहित थप ७२ जनामा कोरोना पुष्टि

६ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


डोटीमा शनिबार मात्रै नयाँ कोरोना संक्रमितको संख्या ७२ रहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परिक्षणमा ९ महिला र ५२ पुरुष गरी जम्मा ६१ रहेका मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा बताइएको छ। यता सेती प्रादेशिक अस्पताल कैलालीको प्रयोगशालामा भएको परिक्षणमा ११ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

जसमा ४ महिला र ७ जना पुरुष रहेका छन्। सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा ६ महिनाको बालकमा समेत कोरोना पुष्टि भएको पाइएको छ। योसँगै डोटीमा संक्रमित हुनेको संख्या एक सय २९ पुगेको छ।

त्यसैगरी आज नै चार जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किँका जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल पर्सन सूर्य विष्टले जानकारी दिए। हालसम्म डोटीमा ३४ जना डिस्चार्ज भएर घर फर्किसकेका छन्। डिस्चार्ज हुनेहरुमा ७ जना जिल्ला अस्पतालको आइसोलेसनबाट र अन्य पालिकाहरुले बनाएको आइसोलेसनबाट रहेका छन्। अन्य संक्रमित व्यक्तिहरु आइसोलेसनमै रहेका बताइएको छ। स्वास्थ्य अवस्था सबैको सामान्य रहेको जनाइएको छ।अन्नपूर्ण पोष्ट

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण