चर्चित सगरमाथा आरोही सहित पौरखी युवाहरु नेपाली कांग्रेसमा प्रवेश

प्रकाशित मिति:

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा विश्व किर्तिमान कायम गरेका संखुवासभाको मकालु गाउपालिकाका मिङ्ग्मा शेर्पा सहित अन्य ५ जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन । किर्तिमानी आरोही शेर्पा सहित मकालु गाउपालिकाका ५ जना र अन्य १ जना सहित ६ जना आज काठ्माण्डौमा आयोजित एक कार्यक्रमका बिच कांग्रेसमा प्रबेश गरेका हुन । उनीहरुलाई नेपाली कांग्रेसका महामन्त्री डा। शशाङ्क कोइराला सहितका नेताहरुले खादा सहित पार्टीमा स्वागत गरेका हुन।

कार्यक्रममा बोल्दै महामन्त्री डा। कोइरालाले अहिले देशको राजनितिक, आर्थीक र सामाजिक अवस्था हेर्दा देशमा कांग्रेसको बिकल्प नभएको र देशले कांग्रेसको नेतृत्व खोजिरहेको बताए । कोइरालाले पछिल्लो समय कांग्रेसप्रती जनताको आस्था , आकर्षण र भरोषा संचार भईरहेको उल्लेख गर्नुभयो।

कोइरालाले बर्तमान कम्युनिष्ट सरकारले जनाताको भाबना लत्याइ रहेको र देशमा कोरोना महामारिका कारण सङ्कटको बेलामा समेत सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाए । अहिलेको सरकारबाट अब देशमा सुशासन र बिकाश अघी नबढ्ने प्रष्ट भइसकेको र जनताले समेत सरकार असफल भइसकेको महसुस गरेको महामन्त्री कोइरालाको भनाइ थियो । महामन्त्री कोइरालालले कम्युनिष्टहरुले काम भन्दा बढि गफ गरेर जनतालाई भ्रममा पार्ने गरेको समेत दाबी गरे ।

कम्युनिस्टहरुले जनतामा पैदा गरेको भ्रम, सत्ताको लागि जे(जस्तो पनि झुठो व्यवहार गर्ने र जनताका पिडामा पनि आर्थिक भ्रष्टाचारमा लिप्त हुने तथा बिगतलाई भुलेर राजा(महाराज शैलीबाट चलेकाले कांग्रेस नै यो देशको लागि बिकल्प हो

पछिल्लो समय सरकारका गतिबिधिले सरकार मात्रै नभएर सिङ्गो नेकपा नै असफल भएको पुष्टी गराएको र नेकपाका नेता कार्यकर्ताहरु समेत राजनितिक रुपमा बिचलित हुन थालेको कोइरालाले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै सह(महामन्त्री डा। प्रकाशशरण महतले सरकारका गतिबिधिले लोकतन्त्र धारापमा पारेको भन्दै सर्वत्र भ्रष्टाचार र कमिसन मात्रै गर्ने गरेको आरोप लगाए ।सरकार जताततै असफल भएको डा । महतले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले प्रधानमन्त्रीको अल्पज्ञानका कारण मुलुक संकटमा पर्दै गएको बताए । उनले कोरोना संक्रमणका लागि प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा गरेको बेसारको बखान अल्पज्ञानको उदाहरण भएको बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य एबम पूर्व मन्त्रीहरु गगन थापा, दिपक गिरि, त्यस्तै पूर्व मन्त्री एबम नेता दिपक खड्का, तारामान गुरुङ र पूर्व सांसदहरु टङ्क प्रसाईं, पाशाङ शेर्पा एबम बिना पौडेल लगयतको उपस्थिती थियो ।

@khabarlahar