मन्त्री त्रिपाठी श्रद्धाञ्जली दिन प्रतापपुर गाउपालिकाका अध्यक्ष शर्माको  निवासमा

प्रकाशित मिति:

नेपाल सरकारका सघिंय मामिला तथा समान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले प्रतापपुर गाउपालिकाका अध्यक्ष स्वर्गिय राज कुमार शर्माको सातौँ दिनको पुण्य तिथिमा उहाँकै निवास त्रिबेणीमा पुगी श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ ।

सो अवसरमा मन्त्री त्रिपाठीले स्वर्गिय शर्माको निधनको खबरले आफु स्तब्ध भएको बातउदै समाजसेवी, बुद्धिजिवी शर्मा प्रतापपुर गाउपालिकाको विकास निर्माणमा सक्रिय रपमा रही स्थानयि सरकार सञ्चालन गर्नुभएकोमा उहाँको निधनले प्रतापपुर बासीमा निराशा उत्पन्न गराएको भन्दै शर्माले गर्न बाकी रहेका काम र उहाँको मार्ग निर्देशनलाई आत्मसाथ गर्दै सबैले सक्रिय भई पुरा गर्नुपर्ने बताउनुभयो । मन्त्री त्रिपाठीले आफुनो ठाउबाट आफुले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।

सो अवसरमा प्रदेश नम्बर ५ की कृषी तथा सहकारी मन्त्री आरति पौडेल, प्रदेश नम्बर ५ का प्रदेश सासंद दिपेन्द्र कुमार अधिकारी, अजय शाही, नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, सुस्ता गाउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे, सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल लगाएतको उपपस्थिती रहेको थियो । शनिबार गृहजिल्ला नवलपरासी आउनुभएका मन्त्री त्रिपाठीले श्रधाञ्जली पश्चात आफ्नो निवासमा जिल्लाका नेता, कार्यकर्ता, शुबेच्छुक लगाएत स्थानयिबासी संग जिल्लाको गतिविधिका बारेमा समेत छलफल गर्नुभएको थियो ।