ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

७ असार २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं / कोरोना भाइरसको महामारीले भयावह बनेको ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६८ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५० हजार ५८ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १० लाख ७० हजार १३९ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३१ हजार ५७१ जना संक्रमित भएका छन् ।संक्रमितमध्ये अहिलेसम्म ५ लाख ४३ हजार १८६ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ७६ हजार ८९५ जनाको उपचार भइरहेको छ ।यसअघि ब्राजिलमा शनिबार अहिलेसम्मकै सर्वाधिक ५५ हजारभन्दा बढी संक्रमित फेला परेका थिए ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया