नवलपरासीको सुनवल नगर भित्र रहेका २१ जनामा कोरोना पुष्टि

७ असार २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


जीवन न्यौपाने

असार ७ गते               

 नवलपरासी ।   पश्चिम नवलपरासीमा रहेको सुनवल नगरपालिकामा आइतबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाले गत असार ४ गते सबै वडाका सामुदायिक क्वारेन्टाइनमा बसेका १ सय २८ जनाको स्वाव संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा पठाएको मध्य आइतबारसम्म ५२ जनाको रिपोर्ट आएको र ति मध्य २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ पुरुष छन् भने ५ महिला छन् ।

संक्रमित वडा न १ का ५ महिला र ३ पुरुष गरि ८ जना, वडा ३ का २ जना पुरुष, वडा न ४ का २ जना पुरुष, वडा न ६ का १ जना पुरुष, वडा न ७ का ३ जना पुरुष, वडा न १२ का ३ जना पुरुष र वडा न १३ का २ जना पुरुष गरि जम्मा २१ जना रहेको सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले बताए । उनका अनुसार संक्रमित सबै भारतबाट आएर वडा स्तरीय सामुदायिक क्वारेन्टाइनमा बसेका हुन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै सक्रमितलाई नगरपालिकाले वडा नम्बर १ स्थित बाल सिकाइ केन्द्रको भवनमा बनाएको आईसोलेसन सेन्टरमा लैजाने तयारी गरिएको समेत न्यौपानेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव