शिक्षकको माग पुरा नभए विद्यालय वन्द गर्छौ

प्रकाशित मिति:

प्रविण गाहा
गुल्मी,  । शिक्षकको पेशागत र शैक्षिक गुणस्तरको लागि अगाडी सारिएको माग पुरा नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
नेपाल शिक्षक महासंघ गुल्मीदरवार गाउंपालिका गुल्मीमा भएको धर्ना तथा विरोधसभामा बोल्ने वक्ताहरुले शिक्षकको माग पुरा गर्न सशक्त आन्दोलन गरिने बताएका हुन् । विगतमा माग पुरा गर्ने नाममा शिक्षकलाई झुक्काउने गरिएको भन्दै अहिले माग पुरा नहुदा सम्म आन्दोलन जारी रहने बताए । उनीहरुले शिक्षकको नियुक्ती एकद्धार प्रणाली मार्फत गर्नुपर्ने उल्लेख गरे । शिक्षक सेवा आयोगलाई सबैधानिक आयोग बनाउन माग गरे ।
धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघ गुल्मीका संस्थागत सहसचिव तेजेन्द्र खड्काले शिक्षा क्षेत्रलाई पनि गृहप्रशासन अन्तर्गत राख्नु राज्यको गैरजिम्मेवारी पन भएको बताउनुभयो । उहांले शिक्षकलाई संघीय सरकार अन्र्तगत राख्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल शिक्षक संघ गुल्मीका सचिव खिम बहादुर थापाले शिक्षकको माग पुरा नभए विद्यालय वन्द सम्मका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिनुभयो ।
नेपाल शिक्षक महासंघ गुल्मीदरवार गाउंपालिका अध्यक्ष श्रीराज खड्काले शिक्षकको माग पुरा गर्न सशक्त आन्दोलन गर्ने बताउनुभयो ।
महासंघको केन्द्रीय कार्यक्रम अनुसार गुल्मीदरवार गाउंपालिकामा दिउसो एक बजे देखि तीन बजे सम्म धर्ना तथा विरोध सभा गरिएको हो । विरोधसभामा गुल्मीदरवार भित्र रहेका विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको उपस्थिती रहेको थियो । महासंघले शिक्षकको पेशागत तथा शैक्षिक गुणस्तर कायम गर्न माग गर्दै २६ बुंदे माग अगाडी सारेको छ । कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्र बजेट छुट्याउन माग गरिएको छ । त्यसैगरी संविधानमा व्यवस्था गरिए अनुसार आधारभुत तह सम्म अनिवार्य र निःशुल्क संगै माध्यमिक तह सम्म निःशुल्क शिक्षा व्यवहारमा लागु गर्न माग गरिएको छ । शिक्षक सेवा आयोगलाई संबैधानिक राष्ट्रिय शिक्षा आयोग बनाउनुपर्ने, विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानिय तहको साझा अधिकारको सुचिमा राख्नुपर्ने, सबै प्रदेश र स्थानिय तहले बनाउने तहगत शिक्षा ऐन एकरुपता हुनुपर्ने लगायतका पेशागत र शैक्षिक गुणस्तरका माग रहेका छन् ।