भीरकोटकी मनकारी उप प्रमुख जस्ले गरीन २ महिनाको घर भाडा छुट

७ असार २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


चुत्र महत/भीरकोट-स्याङ्जा जिल्लाको मध्ये भागमा पर्ने भीरकोट नगरपालिका एक धार्मिक तिर्थस्थल र रमणीय पर्यटकीय क्षेत्रको रुपमा चिन्ने गरीन्छ, यही नगरपालिका वडा न. १ निवासी महिला नेतृ एंव भीरकोट नगरपालिकाका नगर उप प्रमुख सिमा केसी कर्माचार्यले आफ्नो घरको २ महिनाको भाडा छुट गरेकी हुन् ।
०६४ साल देखी एक फ्ल्याट लिएर फेन्सी तथा कपडा व्यवसाय गर्दै आएका राजु केसी कोविड १९ का कारण लक डाउनले गर्दा व्यवसाय वन्द गरी वसेका थिए । लक डाउन खुकुलो भए संगै आफ्नो व्यवसायमा फर्केका रामु पसलको भाडा वुझाउन जाँदा उप प्रमुख सिमा केसी कर्माचार्यले तपाईको व्यवसाय ठप्प छ, वैशाख र जेष्ठ महिनाको घर भाडा छुट भो भनी भनीदिनुभो म साह्रै खुसी भए,यस्ता मनकारी घरवेटी कमै भेटीने छ भन्दै रामुले नगर उप प्रमुख कर्माचार्यलाई धन्यवाद व्यक्त गरे ।

भीरकोट नागरपालिका वडा न. १ मा रहेको घरको तल्लो तला महिनाको १५ हजार दिने गरी भाडामा दिइएको थियो । लक डाउनको कारण व्यवसायिहरु मर्कामा परेको अवस्थामा मनले भाडा लिन मानेन त्यसैले २ महिनाको ३० हजार भाडा छुट गरिदिएको नगर उप प्रमुख सिमा केसी कर्माचार्यले वताइन् ।
नेपाल सरकारले कोरोना भाईरस (कोविड १९) यस्को संक्रमणवाट वच्न लक डाउन गरे सगै सवै प्रकारका व्यवसाय धरापमा परेको भन्दै उप प्रमुख केसीले यस्को प्रभाव आम नेपालीलाई परेको भन्दै अव यस परिस्थीतिवाट माथि उक्लन गाह्रो हुने हुँदा आ आफ्नो ठाँऊ वाट जे सकिन्छ त्यही सहयोग गर्नु पर्ने अवस्था सिर्जना भएको उप प्रमुख केसीले वताईन् ।नेपाल सरकारले घर भाडामा वस्ने हरुलाई एक महिनाको अनिवार्य छुट दिन आग्रह गरे पनि एका दुई वाहेकले यस निर्णको पालना गरेको पाईएको छैन् । भीरकोट नगरपालिकाका नगर उप प्रमुख सिमा केसी कर्माचार्यले नेपाल सरकारको निर्णयलाई सिरोधार्य गरी कार्यान्यन गरेकी हुन । सवै घरवेटीले यस्तै मनकारी भावाना राख्ने हो भने घर भाडामा वस्नेहरुलाई पक्कै राहत हुने छ र यसरी निर्णयको कार्यान्वयन गर्ने मध्ये भीरकोटकी उप प्रमुख केसी पनि एक उदाहरणीय मनकारी घरवेटी वन्न पुगेकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया