रिर्पोट आउनै ढिलो ,३५ दिन देखी रिर्पोट कुरेका २ जनाको मृत्यु हुँदा पनि परेन प्राथमिकतामा

प्रकाशित मिति:

अर्घाखाँची – शितगंगा नगरपालिका १४ मा पिसिआरको लागि स्वाव संकलन गरेको लामो समय सम्म रिर्पोट नआउदा उनिहरु त्रसिद भएका छन । शितगंगा नगरपालिका बाट संकलन गरेर पठाएका स्वावको रिर्पोट ठिलो आउँदा उनिहरुमा मानसिक तनाव बढ्ने गरेको छ । पिसिआर रिर्पोट लामो समय सम्म नआए पछि तनावबै कारण १ जनाले आत्महत्या समेत गर्दा पनि अर्घाखाँची बाट रिर्पोटको लागि दवाव दिन नसक्दा क्वारेन्टिनमा बस्नेहरुमा मानसिक तनाव बढेको स्थानियहरु बताउछन ।

लामो समय सम्म रिर्पोट नआएकै कारण उपचारमा ठिलो हुँदा एक जना बिरामीको समेत शितगंगामा मृत्यु भएको छ तर पनि लामो समय सम्म रिर्पोट नआउदा पनि अर्घाखाँची र शितगंगाको सक्रमण फैलिने सम्भावना समेत बढेको छ । अर्घाखाँची बाट पठाएको स्वाव हराउने , भैरहवाले अन्तै पठाउने जस्ता कृयाकलापले समेत रिर्पोट समयमा आउन सकेका छैन ।

शितगंगा नगरपालिका १४ मा सँगै पिसिआर पठाएका ६ जना मध्ये १ जनाको रिर्पोट आउनेहरुको नआएका कारण रिर्पोट बाँकी रहेका हरुमा तनाव बढेको छ भने स्थानियहरु र सँगै क्वारेन्टिनमा बस्नेहरु समेत त्रसित बनेको वडा अध्यक्ष दामोदर न्यौपानेले बताउनु भयो । रिर्पोट ठिलो आउदा बिभिन्न घटना हुदाँ समेत स्वावको रिर्पोटमा ठिला सुस्ती गर्नु नहुनेमा प्रयोगशालामा यँहाका स्वावले प्राथमिकता नपाउदा झनै तनावग्रस्त हुने गरेका छन । शितगंगा नगरपालिकामा १९३ जनाको स्वाव संकलन गरि पठाइएकोमा ७६ जनाको मात्र रिर्पोट आएको छ भने रिर्पोट आउनेहरुको भन्दा पहिलै स्वाव पठाएकाहरुको भने रिर्पो नआउने गरेको छ । रिर्पोट ढिलो हुँदा शितगंगा नगरपालिकामा १२३० जना क्वारेन्टिनमा रहेका मध्ये अहिले रहेका ३५० जना ३५ दिन भन्दा बढी दिन देखि क्वारेन्टिनमा बस्न बाध्ये भएका छन ।