नागरिकता विधेयक बहुमतले पारित, कांग्रेसको फरक मत

प्रकाशित मिति:

काठमाडौं, असार । नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बहुमतले पारित भएको छ। नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने प्रावधानसहितको विधेयक बहुमतबाट पारित भएको हो।

शनिबार बसेको नेकपा सचिवालय बैठकको निर्णय अनुरुप नै समितिले विधेयक पारित गरेको हो। विधेयकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा, सामाजवादी र नेमकिपाले फरक मत राखेका छन्। उनीहरुले नागरिकता ऐन २०६३ को प्रावधानलाई निरन्तरता दिनुपर्ने मत राखेका थिए। कांग्रेसले बैठकमै नोटअफ डिसेन्ट पढेर सुनाएको थियो।