स्याङ्जा र नवलपरासी पूर्वका २० जनामा कोरोना संक्रमण
८ असार २०७७, सोमबार ० बिचार / प्रतिक्रिया

काठमाडौं/ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।प्रदेश निर्देशनालय गण्डकीले सोमबार बिहान जारी गरेको बिज्ञप्ति अनुसार स्याङ्जामा १२ र नवलपरासी पूर्वका ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४० पुगेको हो ।
संक्रमित हुनेहरूमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ७ वर्षका ३ बालकसहित ८ जना पुरूष र ६ वर्षकी एक बालिका र १ महिला तथा कालिगण्डकी गाउँपालिकाका १४ वर्षीय बालक र ४८ वर्षका पुरूष छन् ।यस्तै नवलपरासी पूर्वको बौदिकाली गाउँपालिकाका १८ देखि ५० वर्ष उमेर समूहका ८ जना पुरूष रहेको निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।संक्रमित सबै भारतबाट फर्किएको खुलेको छ ।खबरहब
फेसबुकबाट तपाईको प्रतिक्रिया