साउदीले रोक्यो हज यात्रा

८ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ/ साउदीले यो वर्षको हज यात्रा रोकेको छ ।कोरोना भाइरसको महामारीका कारण हज यात्रा रोकिएको हो । योसँगै नेपालका मुस्लिम धर्मावलम्वीहरूबाट उठाइएको हज यात्रा शुल्क हज समितिले फिर्ता गर्न थालेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण साउदी अरबको हज तथा उम्राह मन्त्रालयले केही दिनअघि यो वर्षको हज नहुने घोषणा गरेपछि समितिले संकलित रकम फिर्ता दिन थालेको हो ।

यो वर्ष हजमा जानका लागि करिब १५ सय नेपाली मुसलमानले समितिमा रकम जम्मा गरेका थिए ।पहिलो चरणमा एक जना हज यात्रीसँग एक लाख २५ हजार रुपैयाँका दरले रकम संकलन गरिएको थियो । हज नहुने भएपछि उक्त रकम फिर्ता गर्न थालिएको हो ।हिजरी सम्वत्‌को जिल्हिज्जा महिनामा विश्वभरका लाखौं मुसलमानहरु हजका लागि साउदी अरबको मक्का र मदिना जाने गर्छन् । हज इस्लामका ५ आधार स्तम्भमध्येको एक मानिन्छ ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने
  • धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसको १२ औँ बार्षिकोत्सव सम्पन्न
  • महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई साईकल प्रदान
  • बैमानी छौकी छैनौ बाइ” लामो समयपछि सार्वजनिक
  • शितगंगामा बाबू द्धारा छोरी हत्या