रोट्रयाक्ट क्लब अफ बुटवल सिनर्जीको अध्यक्षमा घिमिरे

८ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
589 Shares


 बुटवल / रोट्रयाक्ट क्लव अफ बुटवल सिनर्जीले नयाँ कार्य समिति चयन गरेको छ । क्लबले वर्ष २०/२१ को लागि सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो। क्लवको अध्यक्षमा दुर्गा घिमिरे (विष्णु) चयन भएका छन ।
त्यस्तै आईपिपि खेम थापा,प्रेसिडेंट इलेक्ट युवराज लम्साल,प्रेसिडेंट नोमिनि अशोक रिसाल,उपाध्यक्षहरु भानु भट्टराई,दिनेश भट्टराई र अर्जुन पौडेल,सचिवमा संजय घिमिरे,सह सचिव सागर घिमिरे,कोषाध्यक्ष हिमाल खनाल,सहकोषाध्यक्ष विन्दु गौतम रहनु भएको छ। त्यसै गरी क्लव एभिन्यु तर्फ क्लव सर्विस डाइरेक्टर सुनिता श्रेष्ठ,कम्युनिटी सर्विस डायरेक्टर मदन थापा,प्रोफेसनल सर्विस डाइरेक्टर विष्णु प्रसाद पाण्डे,इन्टरनेशनल सर्भिस डाइरेक्टर सुदीप ज्ञवाली चयन हुनुभएको छ।
यस्तै सर्जेन्ट एट आर्म्समा प्रतिक पहारी,सिमा गौतम र सरीता घिमिरे, फन्ड रेजिगं चेयर लक्ष्मण पोखरेल,एडिटर डि . आर पन्थी ,क्लव प्रोमोसन अफिसर जानकी आचार्य,पव्लिक इमेज कोर्डिनेटर हरि कार्की र एजुकेशन कोर्डिनेडर कल्पना गैरे चयन हुनुभएको छ। यो संगै क्लबले सल्लाहकार समिति पनि गठन गरेको छ।सल्लाहकार समितिमा संस्थापक एवम पूर्व अध्यक्ष अर्जुन गिरी,रोटरीएन बाबुराम बन्जाडे,जीवन भण्डारी,दुर्गा ढकाल रहनु भएको छ। क्लबको प्रेस सल्लाहकारको रुपमा विमल पुरी रहनु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया