पक्लिहवाका युवाहरूद्वारा सत्रौ चरण अन्तर्गत निःशुल्क खाना

प्रकाशित मिति:

भैरहवा । विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) का कारण पुरै देश लकडाउनमा रहेको अवस्थामा यसको असरलाई न्युनिकरण गर्ने प्रयास स्वरुप “नयाँगाउँ–रानीगाउँ युवा समाज” पक्लिहवा, भैरहवाद्धारा “सत्रौ चरण” अन्तर्गत यु.सि.यम.यस. प्राङ्गणमा “निःशुल्क शाकाहारी खाना” खुलाएको छ । ८६ दिनदेखिको लकडाउनले गर्दा अस्पताल वरपरका होटल, रेष्टुरेन्ट, पसलहरु पुर्णतया बन्द भएको कारण गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, कपिलवस्तु, नवलपरासी, रोल्पा, रुकुम, प्युठान लगायत टाढा–टाढाबाट मेडिकल कलेजमा स्वस्थ्य उपचार सेवा लिन आएका गरिब, विपन्न परिवार, उपचाररत विरामी, विरामी कुरुवाहरु खाना खानबाट वन्चित हुनुपरेको अवस्था विद्यमान छ भने अर्को तर्पm पैसा भएका समेत खाना खान नपाइरहेको करुणादायी यथार्थता छ ।

यसै वास्तविकतालाई मध्यनजर गर्दै अस्पताल वरपरका दुई गाउँ नयाँ गाउँ–रानी गाउँ, पक्लिहवा वसोवास गर्ने समाजसेवाका भावले ओतप्रोत भएका युवाहरूले पोषणयुक्त तथा स्वादिष्ट खाना खुलाउने अभियान नै वनाएर पवित्र सेवा कार्यमा निरन्तर लागि रहेको छ भने अर्को तर्पm यो कार्यक्रम कोभिड १९ को प्रवाह नगरी अग्रपन्थीमा रहेर लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुको सम्मानमा पनि समर्पित रहेको छ । स्व.जसमान गुरुङ्ग तथा स्व.लोक कुमारी गुरुङ्गको स्मृतिमा वुटवल निवासी समाजसेवी व्यक्तित्व श्री केशव गुरुङ्ग, सि.न.पा. ७ निवासी श्री खेमराज भुसाल, साथै खजुरियामा अवस्थित श्री विनायक फार्मेसी, श्री देव लक्ष्मी मेडिकल हल, श्री विन्दवासिनी फार्मेसी, श्री धौलागिरी मेडिको सेन्टर तथा श्री जावेद अख्तरको सहयोगमा सम्पन्न आजको कार्यक्रममा करिब ७०० जनाले खाना खाएका छन् । नयाँगाउँ–रानीगाउँ युवा समाजका अगुवा सुशील गुरुङ्गका अनुसार आजको दिनसम्म आइपुग्दा देश–विदेशमा रहेका विभिन्न समाजसेवी, दाता, सहयोगी संघ–संस्थाहरुबाट सहयोग स्वरुप प्राप्त रु.९६०,०००÷– रुपियाँ खर्च भइसकेको छ भने यस कार्यक्रम मार्पmत करिब १३२७० जनालाई खाना तथा नास्ता खुलाइ सकेका छन् ।