४ दिनदेखि नेपाली युवा पोर्चुगलमा सम्पर्कविहिन, खोजी गरिदिन परिवारको आग्रह

प्रकाशित मिति:

लिस्बन,

पोर्चुगलको राजधानी लिस्बनबबाट एक नेपाली युवा हराएका छन्। १७ जुन २०२० का दिन आफ्नो घरबाट करिब १८स्३० बजे नियमित ब्यायामको लागि निस्केका १७ बर्षीय सिद्धान्त गुरुङ चार दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्। गुरुङ लिस्बनमा कक्षा ११ मा अध्ययनरत थिए।

नेपालमा पोखरा बुद्धचोक स्थाई घर भएका गुरुङका मातापिता ६ बर्षदेखी पोर्चुगलको राजधानी लिस्बनमा बसोबास गर्दै आईरहेका छन्। सम्पर्कबिहिन भएका सिद्धान्त आफ्ना मातापितासंग लिस्बनमा बस्दै आईरहेका थिए।

गुरुङ १७ जुनको साँझसम्म पनि घर नफर्केपछि उनका मातापिताले सिद्धान्तका साथीभाई र आफन्त सबैतिर सोधपुछ गरे। कहिकतैबाट पनि खबर नआएपछि उनीहरुले प्रहरी र स्थानीय वडा कार्यालयमा आफ्नो छोरा हराएको सूचना दिए। त्यसपछि पनि सम्पर्कबिहीन भएका सिद्धान्तको बारेमा कुनै खबर प्राप्त नभएपछि राष्ट्रिय टेलिभिजन र अनलाइनहरुमा छोरा हराएको सूचना दिए।

छोरा सम्पर्कबिहीन भएको ४ दिन बितिसक्दा पनि कुनै खबर प्राप्त नभएकोले उनीहरुले नेपाली समुदायलाई पनि खोजी गरिदिनहुन आग्रह गरेका छन्। सम्पर्कबिहीन भएका सिद्धान्तका पिता सुरज गुरुङ र माता इश्वरी गुरुङ आफै पनि छोराको खोजीमा राजधानी लिस्बनका हरेक मेट्रो स्टेशन र गल्ली गल्लीमा चहारीरहेका छन्। उनीहरुसंगै नेपाली समाजका अगुवाहरु समेत सिद्धान्तको खोजी कार्यमा लागेका छन्।

आज मात्रै युवा उद्यमी कमल मान गुरुङको नेतृत्वमा राजधानी लिस्बनको हरेक मेट्रो स्टेशनको सबै ४१ स्टप पोइन्टमा एकै साथ सयौ युवाहरुले खोजी कार्य गरेका थिए। सम्पर्कविहिन भएका सिद्धान्त कही कतै अल्मलिएका हुनसक्ने भएकोले उनीहरुले एकैसाथ एकै समयमा सम्भाव्य स्थानहरुमा खोजी गरको बताएका छन्।

नेपाली दाजू भाई दिदी बहिनिहरुले राजधानी लिस्बनबाट ४ दिनदेखि हराईरहेका निज सिद्दान्त गुरुङलाई कही कतै देख्नुभयो वा भेट्नुभयो भने देहायको फोन नम्वर वा नजिकको प्रहरी कार्यालयमा संपर्क गरी सहयोग गरिदिनु हुन उनका परिवारले आग्रह गरेका छन्।

९२०२९९५७४ ( ईश्वरि गुरुङ ९आमा०
९२०३१९५३९ ( सुरज गुरुङ ९बाबा०
९२०४६५५६९ (बिकास गुरुङ
९२०२४९०७९ ( भिम गुरुङ
९२०४२१४९५( सम्झना गुरुङ
९१९४७००७२ ( कमल गुरुङ

@Nepleasediaspora