गण्डकी प्रदेशमा नयाँ संक्रमित २० जना थपिए

प्रकाशित मिति:

काठमाडौं, असार ८ स् सोमबार बिहान गण्डकी प्रदेशका २ जिल्लामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार स्याङजामा १२ जना र नवलपरासी पूर्वमा ८ जनामा संक्रमण पुष्टि भएको हो । स्याङजाका १२ जना संक्रमितमध्ये अर्जुनचौपारी गाउँपालिकाका १० जना र कालीगण्डकी गाउँपालिकाका २ जना रहेका छन् ।

यस्तै नवलपरासी पूर्वका ८ जना संक्रमित बौद्धिकाली गाउँपालिकाका रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४० पुुगेको छ ।

संक्रमित सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेकाले सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

@kathmandupress