दाङमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी

प्रकाशित मिति:

दाङ/दाङमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् ।जङ्गलबाट ल्याइएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नं ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर –५ निवासी भोला तथा नाति १५ वर्षीय ललित र ११ वर्षीय विशाल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।

आइतबार बेलुका उनीहरुले जङ्गलबाट ल्याइएको च्याउ खाएका थिए । बिरामी परेकामध्ये मैतीको गम्भीरावस्था छ ।खबरहब