उद्योग वाणिज्य महासंघको चुनाव साउन अन्तिम साता

८ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
28 Shares


८ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचत साउन मसान्तमा गर्ने निर्णय भएको छ ।

आइतबार महासंघको पदाधिकारीहरु बैठक बसी साउन अन्तिम साता साधारण सभा गराउने निर्णय गरेको थियो ।

पदाधिकारी बैठकले गरेको निर्णयलाई सोमबार कार्यसमिति बैठकले अनुमोदन गर्ने महासंघका उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।

चैतमा नै साधारणसभा गर्नु पर्नेमा कोभिड(१९ को महामारीका कारण मिति सारिएको थियो । जेठमा गर्ने भनिएको साधारणमा जेठमा पनि सम्भव भएन । त्यसपछि भएको तीव्र छलफलपछि साउन अन्तिम साता गर्ने सहमति जुटेको हो ।

साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्ष लगायतका अन्य पदहरुका लागि भने निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय चन्द्र ढकाल र किसोर प्रधानले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • देउवाले गरे जनसम्पर्क समिति समन्वय विभाग विस्तार “नामावलीसहित”
  • बंगलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने
  • गुल्मीमा कांग्रेस र प्रहरीबीच झडपः पार्टी सभापतिसहित ६ जना घाइते
  • पश्चिम नवलपरासीमा ५४ जनामा कोरोना पुष्टि
  • कांग्रेसको प्रश्‍न : ‘गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ?’
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • साँक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण
  • बुटवल उद्योग बाणिज्य संघको साधारण सभा तथा अधिवेशन यहि असोजमा…
  • गणेशमान सिंह स्मृति पुस्तकालय रुपन्देहीको सप्ताहव्यापी भर्चुअल अन्तरसम्बाद कार्यक्रम सम्पन्न
  • सारथी नेपाल लघुवित्तले एफपीओ निश्कासन गर्ने