दोस्रो मम्मी डान्स आईडल २०७५ बनिन् यमकला

प्रकाशित मिति:

विष्णु खत्री,१५ कार्तिक सैनामैना
दोस्रो सैनामैना मम्मी डान्सिङ आईडल २०७५ यमकला अर्याल बन्न सफल भएकी छन् । सैनामैना ४ राधाकृष्णटोल निवासी अर्याल ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै सैनामैना मम्मी डान्सिङ आईडल २०७५ बनेकी हुन् । शुक्रबार भएको फाईनल प्रतिस्पर्धाको डान्सिङ आईडलमा अर्यालले नगद २५ हजार सहित प्रमाण पत्र प्राप्त गरेकी छन् । सैनामैना ८ निवासी कृति शर्माले द्धितीय स्थान हासिल गरिन् । उनले नगद १५ हजार सहित प्रमाण पत्र प्राप्त गरिन् ।
त्यसैगरी कन्चन गाउँपालिका वडा नं ५ निवासी झरना ठकुरी तृतिय हुँदै नगद १० हजार संगै प्रमाण पत्र प्राप्त गरिन् । यस्तै सबिता तामाङ सिंजालीले सान्तव्ना स्थान हासिल गर्दै नगद ५ हजार र प्रमाण पत्र प्राप्त गरेकी हुन् ।
नगरस्तरीय दोहोरी गीतको उपाधि वडा नं २ लाई
सैनामैना नगरस्तरी दोहोरी गीत प्रतियोगिताको उपाधि वडा नं २ ले जितेको छ । उपाधि सँगै वडा नं २ ले नगद ५५ हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ । बिहिवार वडा नं २ र वडा नं ९ का बिच भएको घम्साघम्सी दोहोरी गीत प्रतियोगितामा वडा नं ९ लाई पछि पार्दै वडा नं २ ले उपाधि जितेको हो । वडा नं ९ उपविजेता बन्दै नगद ३५ हजार र प्रमाण पत्र प्राप्त गरेको हो । यसैगरी वडा नं ४ ले तेस्रो स्थान हासिल गर्दै नगद २५ हजार र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । यस्तै वडा नं ५ ले चौथो स्थान हासिल गर्दै नगद १० हजार सहित प्रमाण पत्र प्राप्त गरेको हो ।
शनिबार डान्सिङ आईडल २०७५ को फाईनल प्रतिस्पर्धा
देश निर्माणमा व्यापारको आवश्यकता व्यवसायिक हित सँगै सामाजिक एकता भन्ने मुल नाराका साथ संचालन भईरहेको तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा जारी डान्सिङ आईडल २०७५ को फाईनल प्रतिस्पर्धा शनिबार हुँदैछ । आईडलको फाईनल प्रतिस्पर्धाका लागि ५ जना प्रतियोगी छनोट भएको अतिरिक्त क्रियाकलाप संयोजक देविदत्त सुबेदीले जानकारी दिनुभयो ।
जसमा लिसा दर्लामी,बिनिता थारु,सृष्टि अधिकारी,रोशनी भण्डारी र सौरभ पाण्डे छनोट भएको सुबेदीले बताउनुभयो । शुक्रबार लोक तथा दोहोरी गायक पशुपति शर्मा, हास्य कलाकार राजा राजेन्द्र पोखरेल,अनिल पहाडी लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।
शनिबार राष्ट्रिय लोक तथा दोहोरी गायक पुस्कल शर्मा,गायिका बबिता बानिया जेरी साथमा स्थानिय कलाकारहरुको प्रस्तति रहने सांस्कृतिक संयोजक पिताम्बर न्यौपाने (धर्म) ले जानकारी दिनुभयो ।
कार्तिक ८ गतेदेखि सुरु भएको सैनामैना औद्योगिक व्यापार मेला पर्रोहा मा.वि. को अगाडि रहेको खेल मैदानमा चलिरहको छ ।