शुल्क चुक्ता गर्न प्याव्सन र नेशनलप्याब्सनले गरेको अपिल प्रति ने.विसंघको गम्भिर ध्यानाकर्षण

८ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौ । प्याव्सन र नेशनलप्याब्सन नेपालद्वारा यहि२०७७ सार ७ गते जारी गरिएको संयूत्त अपिल प्रति ने.वि. संघले गम्भिर ध्यानाकर्षण जनाएको नेविसंघमहामन्त्री दिपक भटराईले जानकारी दिएका छन् ।

नेविसंघल जारी गरेको विज्ञप्ती जस्ताको तस्तै -विगतलामो समय देखि नेपालीविद्यार्थीहरु लकडाउनका कारणले घरमै सिमित भएर वसेको सर्व विदितै छ । मुखमै आएकाविभिन्न परीक्षाहरुस्थगितभएको मात्र हैन, विद्यालयहरु कहिले देखि सुचारु हुन्छन भन्ने अन्यौलता समेत रहेको र कोरोना संक्रमणका त्रासले मनोवैज्ञानिक रुपमा समेत त्रसीतभएर वसेको यस अवस्थामा नेपालीविद्यार्थीहरु तनाव, दवाव र त्रास एकसाथझेली रहेका छन् । यस्तो अवस्थामाविगत ३ महिना देखि वन्द रहेको विद्यालयहरुले यस विचको शुल्कहरु चुक्तागर्न अभिभावकहरुलाई गरेको अपिलहास्यास्पद र भत्सर्नायोग्य छ ।

शिक्षामन्त्रालयले विगत २०७७÷०१÷२२ मामाननीयमन्त्री स्तरमा निर्णय गरी नेपाल सरकारबाट अर्काे निर्णय नभए सम्मकुनै पनिविद्यालयले कुनै पनितहवाकक्षामानयाँभर्ना नगर्नु, नगराउनु र भर्नाकानाममावाअनलाइन पठन पाठनका नाममाकुनै शुल्कलिने वा वैंक खातामा रकमजम्मागर्न लाउने कार्य नगर्नु भनेर प्रष्ट निर्देशन गरेको अवस्थामाप्याब्सन र नेशनलप्याब्सनले कसरी यस्तो अपिल गरे ? त्यसै गरी प्याब्सन र नेशनलप्याब्सनले यसरी खुल्लाअपिलजारी गरेर अभिभावकहरुलाई शुल्क (बाँकीबक्यौता)बुझाउनभन्दापनिशिक्षामन्त्रालय र यो सरकार के हेरेर वसी रहेको छ ?आज नेपालीविद्यार्थीहरु अचम्भीतभएर यो प्रश्न गरी रहेका छन् ।

अतः शैक्षिक संस्थानखुलुन्जेलको अवधि भरको कुनै पनिप्रकारको शुल्कनतिर्न सम्पूर्ण अभिभावकहरुलाई नेपालविद्यार्थी संघ आवहानगर्दछ ।
प्याब्सन र नेशनलप्याब्सनलाई तुरुन्तउक्त निर्णय फिर्ता लिन र सरकारले गम्भीरतापूर्वक यो समस्या समाधानगर्नतदारुकता देखाओस भन्दै खवरदारी गर्न चाहन्छौ । तर विद्यार्थीकाअभिभावकहरुसंग शैक्षिक संस्थावन्द रहेको अवधिको शुल्कअशुल्ने कुरा ने.वि. संघलाई कुनै हालतमामान्यनहुने कुरा प्रष्ट पार्न चाहान्छौ ।
जय नेपाल!

फेसबुकबाट तपाईको प्रतिक्रिया