तिलोत्तमा नगर पालिकामा शिक्षकहरुको धर्ना

प्रकाशित मिति:

राजन पन्थी, १६कार्तिक
नेपाल शिक्षक महासंघ तिलोत्तमाले आफ्ना २६ सुत्रिय माग राख्दै आज नगरपालिका कार्यालयमा धर्ना दिएको छ। कार्यालय समयमा मध्यान्ह सवा बाह्र बजे देखी तिन घण्टा लामो धर्ना चलेपनि सेवाग्राहिका काम भने निर्बाध रुपमा चलिरहेको थियो।कार्यक्रममा शिक्षक महासंघ का प्रदेश उपाध्यक्ष कुल प्रसाद लामिछानेले कुनै पनि शिक्षकले कक्षाकोठामा निश्चिन्त भै प्रभावकारी शिक्षण सिकाई संचालन गर्नका लागि पनि उसको सेवा सुबिधाका अनिश्चितता हटाउनुपर्ने मा जोड दिनुभयो। त्यस्तै महासंघ जिल्ला अध्यक्ष डिल्लीराज भण्डारीले आफ्ना मागहरु प्रति बेवास्ता गरिय कार्तिक ३०गते जिल्लामा, मंशिर ७गते प्रदेशमा र १४गते केन्द्रमा धर्ना दिने कार्यक्रम रहेको बताउनुभयो।
त्यसैगरी महासंघ तिलोत्तमा अध्यक्ष खेमराज पाण्डे र सह(अध्यक्ष लक्ष्मि प्रसाद भूर्तेल लगायतका वक्ताहरुले आफ्ना मागहरु शिक्षकका हितका लागि मात्रै नभई समग्र विद्यार्थी अभिभावकको हित र राष्ट्रकै शैक्षिक सुधार मा केन्द्रित रहेको बताउनु भयो ।