शिव माध्यमिक विद्यालयमा ११ वटा अध्ययनस्थल संचालनमा

प्रकाशित मिति:

कौरव खत्री -बागलुङ २ असार । बागलुङको गलकोट नगरपालिका ९ मा रहेको शिव माध्यमिक विद्यालयले ११ वटा अध्ययनस्थल मार्फत पठनपाठन शुरू गर्ने भएको छ । सोमवार बसेको शिक्षक स्टाफको बैठकले विद्यालयले पहिलो चरणमा विद्यार्थीहरू, अभिभावकहरूसँग भेटघाट,हस्त लेखन,अनु लेखन,व्यवहारिक ज्ञान,कोरोना विरूद्धको सचेतन नँया पाठ्यपुस्तक नपुग्दासम्मका लागि विद्यार्थीहरुलाई पुराना पाठ्यपुस्तक हस्तान्तरण गरेको थियो ।

त्यस्तै दोस्रो चरणमा घर आँगनमै नयाँ पाठ्यपुस्तक हस्तान्तरण,विद्यार्थी समूह निर्माण र निरन्तर सिकाइ सहजीकरण गर्ने, तेस्रो चरणमा ११ वटा अध्ययनस्थल मार्फत मंगलबार अर्थात आजदेखि विषयगत रूपमा सामाजिक दुरी कायम गदैे अध्ययन अध्यापन शुरू गर्ने निर्णय गरिएको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि चालिसे एवीसीले जानकारी दिए ।साथै विद्यार्थीको सिकाइ सहजीकरण गर्नका लागि विद्यालयले विद्यार्थीहरुको तथ्याङ्कको आधारमा रेडियोको पहुँचमा २२ प्रतिशत,,टेलिभिजनको पहुँचमा ३१ प्रतिशत,कम्प्यूटरको पहुँचमा २ प्रतिशत र इन्टरनेटको पहुँचमा ३४ प्रतिशत र सबै किसिमको पहुँचबाट बाहिर रहेका ११ प्रतिशत विद्यार्थीहरु रहेको तथ्याङ्क विद्यालयले सार्वजनिक गरेको विद्यालयका प्रधानाध्यापक चालिसे एवीसीले जानकारी दिए ।

त्यस्तै प्रत्येक टोल–टोलमा विषयगत शिक्षकको उपस्थितिमा सामाजिक दुरी कायम गदै अध्ययन अध्यापन निरन्तर रूपमा सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक चालिसे एबिसीले जानाकारी दिए । यस्तै शिव माध्यमिक विद्यालयमा राष्ट्रिय पुर्न निर्माण कार्यालय जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा बागलुङ बिच गत जेठ ३१ गते ४ कोठे पक्की भवनको सम्झौता समेत गरिएको छ ।त्यस्तै शैक्षिक गतिविधिलाई स्थानीय रूपमै स्थानीय अनुकुलको अवस्थालाई सावधानी पूर्वक व्यवस्थापन गर्दै अगाडी बढ्नु पर्ने र समय सापेक्ष गतिशील बनाउनका लागि तत्पर हुनुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कँडेलले बताए । २०४० सालमा स्थापित भएको शिव माध्यमिक विद्यालयमा हाल कक्षा १२ सम्मको पठनपाठन सुचारु हुदै आएका छन् ।