तरुण दल बुटवलद्वारा शोक सभा सम्पन्न

प्रकाशित मिति:

बुटवल – नेपाल तरुण दल बुटवल उपमहानगर समिती वडा नम्बर ६ द्वारा नेपाली कांग्रेस बुटवल वडा नम्बर ६ का सभापति स्वर्गीय कृष्ण न्यौपानेको ७ औँ दिनको पुण्य तिथीको अवसर पारी उहाँको आत्माप्रती चिर शान्ती एबम बैकुण्ठ बासको कामना गर्नुका साथै शोकाकुल परिवार जनमा समबेदना प्रकट गर्दै शोक सभा कार्यक्रम सम्पन्न गरेको छ । बुटवल वडा नम्बर २ स्थित जितगढीमा रहेको उहाँको निजि निवासमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । तरुण दल बुटवल उपमहानगर समिती वडा नम्बर ०६ का कार्यबाहक सभापती प्रदिप बिकको सभापतित्वमा उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस रुपन्देहीका सचिब राम कृष्ण खाडको रहेको थियो ।
प्रमुख अतिथी खाडले कृष्ण न्यौपानेको निधनले सिंगो पार्टी पङ्ती भावबिहोल भएको र उहाँले पार्टीलाई दिएको योगदानलाई सदैब स्मरण गरि रुपन्देही कांग्रेस अगाडि बढ्ने बताउनुभएको थियो । त्यस्तै बिशिस्ट अतिथीमा नेपाली कांग्रेस प्रतिनिधि सभाका प्रत्यासी युबराज गिरि रहनुभएको थियो । साथै अतिथीहरुमा  नेपाली कांग्रेस रुपन्देहीका नेताहरु काजिमान  श्रेष्ठ, कुमार केसि , हरि लम्साल , खेलराज पाण्डे , चिरञ्जिबि जोशी , बिमल राज भट्टराई,  ज्योति भण्डारी , बालकुुमारी भण्डारी,चिरञ्जीवी पौडेल , हसन्त लामा , बाशु बस्याल , जमुना ढकाल , तारा ज्ञवाली , लक्ष्मण गौतम, होम क्षेत्री लगायत रहनु भएको थियो ।
त्यस्तै कार्यक्रममा तरुण दल बुटवल उपमहानगर समितीका सभापती सुजन पुनले मन्तव्य राख्दै स्व. कृष्ण न्यौपाने एक इमान्दार एबम कर्तव्यनिष्ठ स्थानिय नेताको निधनले हामी तरुणहरु स्तब्ध हुनुका साथै एक असल अभिभावक गुमाएको प्रती दुख ब्यक्त गर्नुभएको थियो । उहाँले सिंगो नगरसमितीलाई गरेको साथ र सहयोगका साथै प्रेरणा सदैब सम्मान गर्दै शोकाकुल परिवारमा समबेदना दिनुका साथै मृतक न्यौपाने प्रती चिर शान्तिको कामना एबम भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।कार्यक्रम संचालन तरुण दल बुटवल नगर सदस्य रमेश न्यौपानेले गर्नुभएको थियो ।