नेबिसंघद्रारा आफ्ना नेताको जन्म दिनको अवसरमा पार्टी कार्यलय परिसर सरसफाइ

प्रकाशित मिति:

असार ७ गते   नवलपरासी । नवलपरासी नेविसंघका नेता एवम प्रतिनिधि सभा सदस्य देवेन्द्र राज कण्डेलका स्वकीय सचीव कलम किशोर राइमाझीको जन्मदिनको अवसर पारेर पार्टी कार्यलय सरसफाइ आयोजना गरिएको थियो ।

 

नवलपरासीको परासिमा रहेको नेपाली नेपाली काङ्ग्रेसको पार्टी कार्यलय परिसरमा झार, दुबो, फाल्ने पलास्टिकहरु लाई व्यस्थित गर्ने र कुहिने र नकुहिने गरि छुट्याउने काम गरेको छ । सरसफाइ कार्यक्रममा नेपाल बिद्यार्थी   सघं पश्चिम नवलपरासीका निबर्तमान उपाध्यक्ष अर्जुन पौडेल को नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा निबर्तमान अध्यक्ष राजन भण्डारी , निवर्तमान उपाध्यक्ष अनिस मान श्रेष्ठ, क्षेत्रीय सभापति धिरज हलुवाइ, दिव्यज्योती क्याम्पसका सभापति कमल बस्याल , पाल्ही बहुमुखी क्याम्पस सभापति इमामुल अलि लगायत नेविसंघका जिल्ला सदस्यहरुको उपस्थिति रहेको जिल्ला सहसचिव विकास घिमिरेले जानकारी दिनुभयो । सरसफाइ कार्यक्रम गर्दै जन्मदिनको शुभकामना आदनप्रदान समेत गरिएको छ ।