सुनवलका सामुदायिक बिधालयद्रारा नगरपालिकासङ्ग शैक्षिक गुणस्तर सुधारका लागी अनुदान माग

९ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


रमेश भुसाल/ पश्चिम नवलपरासी, ८ असार। सामुदायिक विद्यालय सञ्जाल सुनवल नवलपरासीले सामुदायिक विद्यालयमा शैक्षिक सुधार अनुदानको व्यवस्था गरिदिनु सुनवल नगरपालिका समक्ष माग पत्र बुझाएको छ। आन्तरीक स्रोतबाट नियुक्ति गरिएका शिक्षक कर्मचारीहरुको पनि विद्यालयको शैक्षिक सुधारमा अतुलनिय योगदान रहेको र उनहिरुलाइ पारश्रमिक भुक्तानि गर्नका लागी विद्यालयलाई आन्तरिक स्रोत व्यावस्थापन गर्न अत्यान्त कठिनाई परेको बताएको छ।स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले सोको लागि आवश्यक पर्ने आर्थिक व्यावस्थापन गरी विद्यालयमा शैक्षिक सुधार अनुदानको व्यवस्था गरी दिनका लागि सामुदायिक विद्यालय सञ्जाल सुनवलले माग गरेको छ।सुनवल नगरपालिकाका जनप्रतिनिधिको चहाना,सक्रियता र सुनवल नगरको पहिचान नै अहिले सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान भएको अवस्थामा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले सवै क्षेत्र जस्तै विद्यालय पनि आक्रन्त बन्न पुगेको भन्दै नगरपालीकाले शैक्षिक सुधार अनुदानको व्यावस्था नगरे हालको शैक्षिक सुधारको गतिमा क्षति हुने समेत माग पत्रमा उल्लेख गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु