काजक्रिया’ गराउन वडा अध्यक्ष बसन्त पाण्डेले गरे आर्थिक सहयोग

प्रकाशित मिति:

सुरेश परियार असार ९ गते – रुपन्देहीको सैनामैना नगरपालिका वडा न ६का वडा अध्यक्ष बसन्त पाण्डेले काजक्रिया सम्पन्न गराउन रु।१० हजार दिने प्रतिबद्धता गरेका छन् । आर्थिक कमजोर भएका कारण काजक्रियामा समस्या भएपछि सैनामैना वडा न।६ कैलाशटोल आफनो माइतीघरमा क्रियामा बसेकी रुपा वि।कलाई सहयोग गर्ने निर्णय अध्यक्ष पाण्डेले आज गरेका हुन् । अध्यक्ष पाण्डेले चिन्ता नलिई काजक्रिया उम्काउन अनुरोध गर्दै थप कुनै समस्या भए आवश्यक सहयोग गर्ने विश्वास मृतक परिवारलाई दिलाएका छन् ।

काजक्रियामा लाग्ने खर्च कसरी जुटाउने होला भन्ने चिन्ता अब मुक्त भएको क्रियामा बसेकी रुपा वि।कले बताइकी छन् । श्रीमान गुमाएको वियोगमा रहेकी रुपाले वडा अध्यक्षले सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्दै थप सहयोगको याचना समेत गरेकी छिन् । आफु संग भएको जग्गा पनि श्रीमानलाई उपचार गराउदा वेचविखन गरेको जनाउदै श्रीमानको काजक्रिया माइतिघरमाबाट गरेको बताइन् । रुपाको एक वटा छोरा,२ छोरी छन् । उनी भन्छीन् अव क्रियाबाट उम्केपछि कहाँ गएर बस्नेहोला न आर्थिक छ न त रोजगार