कोरोना भाइरसको औषधि बनाएको पतन्जलीका बाबा रामदेवको दाबी

प्रकाशित मिति:

काठमाडौं ९ असार, । पतन्जलीका बाबा रामदेवले कोरोना भाइरस कोभिड–१९ को औषधि बनाएको दाबी गरेका छन् । मंगलबार रामदेवले कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गरेका हुन् । यसको क्लिनिकल कन्ट्रोल स्टडी र ट्रायल दुवै भएको उनले बताए ।उनकाअनुसार दिल्ली सहितका सहरमा भएको क्लिनिकल कन्ट्रोल स्टडीमा २८० जना संक्रमित सहभागी थिए । उनले भने, ‘शतप्रतिशत विरामी ठीक भए, एक जनाको पनि मृत्यु भएन ।’

क्लिनिकल कन्ट्रोल ट्रायलमा भने १०० जना सहभागी थिए । उनीहरुमध्ये ६९ प्रतिशत संक्रमित ३ दिनमै ठीक भए भने सात दिनमा सबैको रिपोर्ट नेगेटिभ आयो ।रामदेवको दाबी छ, ‘हाम्रो औषधिको शतप्रतिशत रिकभरी रेट छ, शून्य प्रतिशत डेथरेट छ ।’उनका अनुसार यो औषधि बनाउन अश्वगन्धा, तुलसी लगायतको प्रयोग गरिएको छ ।@onlinekhabar