शितगंगामा १० महिने बालिका सहित १२ जनाले जिते कोरोना

९ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


अराज बेल्बासे शितगंगा असार ९ । शितगंगा नगरपालिकामा आज १२ जनाले कोरोना जितेर घर फर्किएका छन । आज ज्योती माबिको आइसुलेसनमा रहेका ११ पुरुष तथा १० महिने बालिका सहित १२ जनाले कोरोना जितेर घर फर्किएका हुन । हिजो आएको पिसिआर रिर्पोटको आधारमा १२ जनामा रिर्पो नेगेटिम आए पछि घर पठाएको शितगंगा नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो ।

कोरोना जितेर घर फर्कनेमा ११ जना वडा नम्बर २ का र १ जना वडा नम्बर १ का रहेका छन उनिहरु लाई स्वागत गर्न नगर प्रमुख सुर्य प्रसाद अधिकारी,उपप्रमुख टिका रेस्मि , प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतम,वडा नम्बर २ का वडा अध्यक्ष गोर्वद्धन थापा,स्वास्थ शाखा प्रमुख कृष्ण पौडेल,प्राथमिक स्वास्थ केन्द्रमा प्रमुख डाक्टर विवेस मंडल, लगायको समुह ज्योती माबिमा पुगेका थिए । आज निको हुनेहरुमा १० महिना कि बालिका देखि ३५ बर्ष सम्मका पुरुष रहेका छन ।

शितगंगा नगरपालिकामा सक्रमित भएका २ जना यस अघिनै कोरोना जितेर घर फर्किएका छन भने कोरोना जित्नेको सख्या १४ जना पुगेको छ शितगंगाका २ वटा आइसुलेसनमा अझै ३० जना सक्रमित रहेका छन भने बिभिन्न क्वारेण्टिनमा बस्नेहरुको रिर्पोट लामो समय सम्म नआउदा समस्या हुने गरेको छ शितगंगामा ३६ दिन सम्म रिर्पो नआउदा कुरेर बस्ने समेत रहेका छन । अब शितगंगा नगरपालिकामा करिव ३५० जना बिभिन्न क्वारेण्टिनमा रहेका छन चने करिव ९ सय जना घरमा पर्किसकेका छन

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…