MCC (मिलेनियम च्यालेज कर्पोरेशन) खारेजी माग 

९ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


रुपन्देही । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही द्वारा आयोजित MCC (मिलेनियम च्यालेज कर्पोरेशन) खारेजी माग र कोरोना महामारी (COVID-19) नियन्त्रणको नाऊमा भए गरिएका भ्रष्टाचारबारे अख्तियारद्वारा तुरन्त छानविन गर्ने माग सहित् विरोध तथा खबरदारी कार्यक्रम सिद्धार्थनगर स्थित शुकदेब पार्क, बर्मेलीटोल, भैरहवा मा सम्पन्न गरेको छ ।

– नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौती दिने शर्तसहित आएको MCC (मिलेनियम च्यालेज कर्पोरेशन) खारेज गर ।
– कोरोना महामारी (COVID-19) नियन्त्रणको नाऊमा भए गरिएका भ्रष्टाचारबारे अख्तियारद्वारा तुरन्त छानविन गर !
भन्ने मुल ब्यानर सुसज्जित पार्टी कार्यकर्ता को उपस्थिती रहेको थियो । बिरोध सभा लाई संबोधन गर्न पार्टी का प्रदेश उपाध्यक्ष हरी ओम विश्वकर्मा, उपमहासचिब तथा जनमुक्ति एकाडेमी प्रमुख टोप अस्लामी र पार्टी उपाध्यक्ष दल बहादुर बिरकट्टा मगर ले संबोधन गरेका थिए ।

उपमहासचिब टोप अस्लामी ले सरकारले हालै जारी गरेको लिम्पियाधुरा लिपुलेक समाबेश गरी ल्याएको नक्सा को पार्टीले स्वागत गरेको बताए । भने यता सरकार ले कोरोना लाई देखाएर जनता लाई बसिभुत बनाई चरम भ्रस्टाचार गरेको बाटएका छन । अस्लामी ले १० करोड भ्रस्टाचार गर्ने लाई १४ बर्ष सजाय् हुने हो भने एक करोड खाएर राष्ट्रघाती सम्झौता गर्ने लाई कती सजाय् हुने ? तसर्थ जनमुक्ति पार्टीले के भन्छ भने भ्रष्टाचारलाई देशद्रोह सरहको अपराध घोषणा गरि भ्रष्टाचारीलाई कठोर दण्ड – सजाय ( कम्तिमा जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्ने) व्यवस्था हुनु पर्छ भन्दै आएको छ । सो अबसर मा नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौती दिने शर्तसहित आएको MCC (मिलेनियम च्यालेज कर्पोरेशन) खारेज गर्नु पर्ने बाटएका थिए ।

बक्ता हरुले नेपालमा जटिल र विकराल समस्याको रूपमा संस्थागत हुँदै गएको भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने “राष्ट्रिय ईच्छा शक्ति” नभई समृद्ध नेपालको निर्माण हुन सक्दैन भन्ने बक्ताहरु को जोड थियो । जातिय हत्या हिंसा र बिभेदको अन्त्य र भ्रष्टाचार सम्बन्धि मुद्दाको छिटो छरितो ढंगले टुंगो लगाउने सम्पूर्ण अधिकार सहित,स्वायत्त प्रकृतिको विशेष अदालतको व्यवस्था गरिनु पर्छ । पंचायति शासनकाल देखि हालसम्म भ्रष्टाचार प्रकरण र उच्च पदस्थ व्यक्तिहरूको सम्पतिबारे स्वतन्त्र ढंगले छानबिनका लागि “शक्तिशाली नागरिक छानबीन अायोग”गठन गरिनु पर्छ बक्ताहरु ले जोड दिएका थिए । राष्ट्रिय जनमुक्ति पार्टी, रूपन्देही र संयोजनः जनमुक्ति युवा महासंघ, (लुथम) गरेको थियो भने कार्यक्रम संचालन आशा गुरुङ्ग ले संचालन गरेका थिए ।शुक देब चोक मा भएको बिरोध सभा पछी निस्केको बिरोध त्याली नारायणथान हुँदै मिलन चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगी सिडियो कार्यालयमा ज्ञापन पत्र हस्तानतरण गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया